तस्बिरमा हेर्नुस्, काठमाडौंमा नेकपाको जन प्रदर्शन

उज्यालो प्रतिनिधि ९ माघ २०७७, शुक्रबार फोटो समाचार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा विरोध प्रदर्शन र सभा आयोजना गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको कदमविरुद्ध पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले प्रदर्शन गरेको हो । काठमाडौं उपत्यकाकेन्द्रित ठूलो सभा आयोजना गरिएको हो ।

यसका लागि उपत्यकामा विभिन्न १० स्थानबाट जुलुस निकालिएको छ । जुलुस बसपार्कअगाडि पुगेर सभामा परिणत हुँदै छ । जुलुसको नेतृत्व स्थायी कमिटी सदस्यहरूले गरेका छन् । सभालाई अध्यक्षद्वय प्रचण्ड, नेपाल, झलनाथ खनाल लगायतले सम्बोधन गर्नेछन् ।

देशभरबाट ठूूलो संख्यामा नेता तथा कार्यकर्ताहरु उपस्थित भएका छन् ।

गत ५ पुसमा ओलीले एकलौटी रुपमा प्रतिनिधिसभा विघटन गरेपछि विभिन्न नागरिक समाज, प्रतिपक्षी दल लगायतले विरोध गरिरहेका छन् ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार