खोप ढिलाई भएपछि अमेरिकासंग युरोपेली संघ रुष्ट

एजेन्सी । यूरोपेली संघका थुप्रै देश अमेरिकी कम्पनी फाइजरको कोरोना भ्याक्सिन पर्याप्त रुपमा नपाएपछि रिसाएका छन् ।

अमेरिकी कम्पनी फाइजरले भ्याक्सिनको आपूर्तीमा थोरै ढिलाई गरेको बताइएको छ ।

स्विडेन, डेनमार्क, फिनल्याण्ड, लिथुएनिया, लातविया र एस्टोनियाले यो स्थितीलाई अस्विकार्य बताउँदै यसले खोप अभियानको प्रक्रियाको विश्वसनीयता घट्ने चेतावनी दिएका छन् ।

यी देशले यूरोपेली संघलाई औषधी निर्माता कम्पनी फाइजर–बायोएनटेकमाथि दबाब दिन अपिल गरेका छन् ।

जबकी फाइजरले आपूर्तिमा आएको कमी एक अस्थायी समस्या भएको बताएको छ ।

शुक्रबार एक बयान जारी गर्दै कम्पनीले भनेको थियो, ‘कम्पनीले भ्याक्सिनको उत्पादन बढाउनका लागि केही आवश्यक परिवर्तन गरेको छ जसको अस्थायी असर भ्याक्सिनको आपूर्तिमा देख्न पाइएको छ । तर फेब्रुअरीको दोस्रो हप्तासम्म स्थिती सामान्य हुनेछ र सबैले पर्याप्त डोज पाउनेछन् ।’

बेलायतले पाउने भ्याक्सिनको आपूर्तिमा पनि यो परिवर्तनको असर देखिएको छ । तर बेलायतको सरकारले उनीहरुले खोप अभियानको लक्ष्य हासिल गर्ने बताएका छन् ।

बेलायत सरकारको लक्ष्य फेब्रुअरी महिनासम्म करिब डेढ करोड मानिसहरुलाई कोरोना भ्याक्सिन लगाउने हो ।

बेलायतमा फाइजर कम्पनी एक्लो आपूर्तिकर्ता होइन । अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाको भ्याक्सिन पनि बेलायत सरकारले पाउन थालिसकेको छ ।

यद्यपि, बेलायतजस्तै युरोपेली संघले पनि फाइजरबाहेक अमेरिकी कम्पनी मोडर्नाको भ्याक्सिनको प्रयोगको मञ्जुरी दिइसकेको छ । तर यो भ्याक्सिनको प्रोग्राममा केही ढिलाई छ ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार