यौन सम्पर्क, टाउको दुखाईको अचूक औषधि

एजेन्सी । यौन सम्पर्क गर्दा धेरै फाइदा हुने वैज्ञानिकहरुले पुष्टि गरिसकेका छन् । यौन सम्पर्कले टाउकोको दुखाई तुरुन्तै ठिक हुने नयाँ तथ्य पत्ता लगाएका छन् । उनीहरुले सेक्सलाई टाउको दुखाईको अचूक औषधि भनेका छन् ।

आमरुपमा यौन सम्पर्कबाट यति सुख मिल्छ कि शरीर र मनको थकान मेटाउँछ । कसैको नजिक हुनु, उसलाई छुनु, प्यारले उसको शरीरको गहिराइमा आफ्नो एकान्त शेयर गर्नुले एक अलग्गै खालको नशा दिन्छ । र यसलाई सेक्सको जादु भनिन्छ । यति मात्रै होइन् यसले टाउकोको दुखाई क्षणभरमै ठिक पारिदिन्छ ।

अनुसन्धानमा संलग्न न्यूरोलजिस्ट्सका अनुसार सेक्स गर्दा टाउको दुखाई कम हुन्छ र कैयौपटक त पुरै ठिक हुन्छ । केही समय पहिले जर्मनीको यूनिभर्सिटी अफ मुनेस्टरमा न्यूरोलजिस्ट्सको एक टिमले सोधपछि भनेको थियो टाउको दुखाई हुँदा सेक्स गर्नु औषधि खानुभन्दा कैयौ बढी असरदार छ ।

सोधमा आधा सहभागीहरुले सेक्स गर्दा टाउको दुखाईमा राहत महसुस गरेको बताए । हरेक पाँच जनामध्ये एक विरामीले टाउको दुखाई सेक्स गरिसकेपछि पुरै ठिक हुने गरेको बताए । यो हाम्रो शरीरको प्राकृतिक पेनकिलर हो । सेक्स गर्दा शरीरमा नर्वस सिस्टममा निस्कने एण्डोरफिनका कारण टाउको दुखाई कम हुन्छ र यहाँसम्मकी पूर्ण रुपमा ठिक पनि हुन्छ । वैज्ञानिकहरुले सेक्स गर्दा टाउको दुखाईबाट राहत मिल्ने र साथै पार्टनरसँग पनि निकटता थप बढ्ने भएकाले यो विधि अपनाउन आग्रह गरेका छन् ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार