ओलीको तानाशाही प्रवृत्तिमाथि सिंगो मुलुक पिल्सिरहेको छ : अध्यक्ष नेपाल

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १ माघ २०७७, बिहीबार BOX NEWS

काठमाडौँ । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको तानाशाही प्रवृत्तिमाथि सिंगो मुलुक पिल्सिरहेको बताएका छन ।

बिहीबार नेपाल बुद्धिजीवी संगठनले काठमाडौंमा गरेको कार्यक्रममा नेपालले ओलीले भनेको कुरा नमान्नु नै आफूहरुको अपराधजस्तो भएको भएको भन्दै त्यही तानाशाही प्रवृत्तिमाथि सिंगो मुलुक पिल्सिरहेको बताएका हुन ।

ओली बदलाको भावनाबाट अघि बढ्ने र अलोकतान्त्रिक चरित्र भएको उनले बताए । संवैधानिक कू गरेका भएका बेला चुनावको अर्थ नभएको नहुने भन्दै नेपालले वैशाखमा चुनाव पनि नहुने दावी गरे ।

नेकपा केन्द्रीय कमिटी बैठकले ओलीलाई बहुमतले हटाइसकेको भन्दै नेपालले ओलीका असंवैधानिक कदमको विरोध गर्नुपर्ने बताए ।

संविधानको कुनै धारामा प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था नै नरहेको र हुँदै नभएको धारा राखेर बिघटन गरिएको आरोप उनको छ । उनले अदालतले ओलीको कदम सच्चाउने विश्वास व्यक्त गरे ।

उहाले आफु र प्रचण्ड रहेको पार्टी नै आधिकारीक नेकपा भएको दावी गरे । जबज आफैले छोडेका ओलीले अहिले कार्यकर्तालाई दिग्भ्रमित पार्ने काम गरेको आरोप उनको छ ।

Facebook Comments

सम्पादकीय

सबै

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

प्रधानमन्त्री खड्ग प्रसाद ओलीले ५ पुस ०७७ मा संविधानमा नभएको अधिकार प्रयोग गर्दै गरेको संघीय संसदको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार