२९ पुष २०७७, बुधबार

रुपन्देहीको ओमसतियामा खिचडी महोत्सव हुँदै

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २९ पुष २०७७, बुधबार समाचार

भैरहवा । रुपन्देहीको ओमसतियामा खिचडी महोत्सव हुने भएको छ । माघी पर्वको अवसर पारेर ओमसतिया सांस्कृतिक युवा क्लबले माघ १ गते महोत्सव गर्न लागेको आयोजकले बुधबार भैरहवामा पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन् ।

 

‘हम्मन संस्कृति, हम्मन पहिचान, सम्बद्र्धन कयना हम्मन अभियान’ भन्ने नारासहित ओमसतिया गाउँपालिका वडा नम्बर ३ स्थित हाटीफर्साटिकरमा दोस्रो खिचडी महोत्सव एवं सांस्कृतिक कार्यक्रम गर्न लागिएको क्लबका सल्लाहकार दिल बहादुर चौधरीले बताए । थारु कला, संस्कृति र पहिचानको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा १५ वटा झाँकी प्रदर्शन गरिनेछ ।

 

त्यस्तै, महोत्सवमा विभिन्न थारु खानाका परिकार पस्किनुका साथै सांस्कृतिक कार्यक्रम पनि गरिनेछ । चौधरीका अनुसार महोत्सवमा मनोरञ्जन दिनुका साथै थारु खानाहरु घोंगी, खिचडी, माछा, ढिकरी लगायतको स्वाद समेत चखाइनेछ ।

 

माघी थारु समुदायको प्रमुख चाड हो । नेपालीका लागि माघे संव्रmान्ति विशेष पर्व मानिन्छ भने थारु समुदायका लागि माघी नयाँ वर्षको दिन पनि हो । त्यसैले यसको अवसरमा थारु समुदायले विभिन्न कार्यक्रम गर्ने गर्छन । माघे संक्रान्ति एक दिन मात्र मनाइन्छ भने थारु माघी पर्व पुरै महिनाभरी नै मनाउने चौधरीले जानकारी दिए । थारु समुदायमा ‘हामी’ को भावना यही माघी पर्वले महत्वका साथ विकास गर्छ । यसलाई थारु समुदायले परापूर्वकाल देखि नै महान् पर्वको रुपमा धुमधामसँग मनाउँदै आएको विश्वास छ ।

 

ज्योतिष शास्त्रअनुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर संक्रान्ति (माघे संक्रान्ति) पनि भनिएको हो । यो माघ महिनाको पहिलो दिन मनाइन्छ । माघे संक्रान्ति अर्थात् माघी पुसको अन्तिम दिनदेखि सुरु हुन्छ । थारु समुदायमा पुसको अन्तिम दिनमा गाउँभरीका मानिसहरु मिलेर सुँगुर काट्ने चलन छ । यसलाई ‘जिता मर्ना’ भनिन्छ । र त्यो दिनलाई ‘जिता मर्ना दिन’ भनिन्छ । महोत्सवमा थारु संस्कृति झल्कने गरी विभिन्न सामाग्रीसँगै पोसाक, गरगहना, थारु नाच पनि झल्काइने चौधरीले बताए । महोत्सव अघि ओमसतियामा रहेका विभिन्न संघ–संस्था, आमा समूह, क्लबहरुले आफ्नो संस्कृति झल्कने गरी ¥याली निकाल्नेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादकीय

सबै

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

नेपालको संविधानमा रुपष्ट भनिएको छ,–निर्वाचित प्रधानमन्त्रीविरुद्ध दुई वर्षसम्म अविश्वास प्रस्ताव लैजान नपाइने । संसदबाट अर्को सरकार बन्ने अवस्था रहेसम्म संसद

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार