काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफूहरु केपी ओलीको दास नभएको स्पष्ट पारेका छन् । प्रचण्ड नेपाल समूहले काठमाडौंमा आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले आफूहरु केपी ओलीको हनुमान नभएको पनि बताए ।
उनले भने,‘हामी केपी ओलीको दास होइनौं, हामी केपी ओलीको हनुमान होइनौं ।’ आफूहरुले जीवन पार्टीका लागि समर्पित गरेको बताउँदै ओलीले खकार जाँच गरेर आफ्नो पार्टीको सदस्यता दिने गरेको बताए ।