काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दिनअघि भारतीय टेलिभिजन ‘जी न्युज’लाई दिएको अन्तर्वार्तालाई नाटकको संज्ञा दिएका छन् ।
काठमाडौं जिल्ला कमिटीले प्रज्ञा भवनमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘त्यो (जी न्युजको अन्तवार्ता) नाटकै हो । नाटकको पटाक्षेप आज भइसक्यो । त्यही जि न्युजले एभरेष्टको नाम फेर्ने रे ।’
‘भारतले भन्दैमा हटाउने हो र भन्दै हामीले हटाएनौं त्यतिबेला,’ प्रचण्डले भने । प्रतिनिधि सभा भंग र निर्वाचन भारतको इसारामा भएको नेपाली जनताको आशंकाप्रति प्रचण्डले ओलीको जवाफ मागे ।