काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष माधवकुमार नेपालले केपी ओली फोहोरको डंगुर भएको टिप्पणी गरेका छन् । । प्रचण्ड–नेपाल पक्षले आयोजना गरेको काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले केपी ओलीलाई देशको संविधान र पार्टीको विधानसँग कुनै चासो नरहेको स्पष्ट पारेका छन् ।
उनले भने, ‘उहाँ फोहोरको डंगुर हो । उहाँमा फोहोर गन्हाइरहेको छ ।’ ओली सुध्रने मान्छे नभएको भन्दै भने, ‘उहाँ सुध्रने मान्छे होइन् । उहाँ झुक्ने मान्छे होइन् ।’