२९ पुष २०७७, बुधबार

ओली मानसिक रुपमा विक्षिप्त भइसके : प्रचण्ड

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २९ पुष २०७७, बुधबार BOX NEWS

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली मानसिक रुपमा विज्ञिप्त भइसकेको टिप्पणी गरेका छन् । प्रचण्ड–नेपाल पक्षले आयोजना गरेको काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘कहिलेकाहीँ साथीहरू जोकर भएको जस्तो लाग्छ । ११०० को केन्द्रीय कमिटीलाई बौलाहटमा बनाउने’ उनले भने,‘अहिले आफूहरूले नेतृत्व गरेको पार्टी नै आधिकारिक भएको भन्दै केपी ओलीको प्रदर्शनलाई नौटंकी र मानसिक विक्षिप्त मात्रै हो ।’

साथै, उनले ओलीका कारण मुलुकमा गम्भीर संकट देखापरेको र त्यो निरुपणका लागि भेलाहरु गरिरहेको दाबी गरेका छन् ।

उनले भने, ‘हामी यहाँ कुनै प्रहसन गर्न, उखानटुक्का भन्न, उत्तेजित भाषण गर्न उपस्थित भएको होइन। मुलुक गम्भीर संकटमा परेको र त्यसको उद्धारका लागि आफूहरु भेला भएको हो ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादकीय

सबै

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

नेपालको संविधानमा रुपष्ट भनिएको छ,–निर्वाचित प्रधानमन्त्रीविरुद्ध दुई वर्षसम्म अविश्वास प्रस्ताव लैजान नपाइने । संसदबाट अर्को सरकार बन्ने अवस्था रहेसम्म संसद

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार