२९ पुष २०७७, बुधबार

विश्व स्वास्थ्य संगठनद्धारा चीनले उत्पादन गरेका कोरोना खोपको अध्ययन गरिरहेको जानकारी

काठमाडौँ । विश्व स्वास्थ्य संगठनले सो संगठनका विशेषज्ञहरुले चिनियाँ कम्पनीले उत्पादन गरेका दुई वटा खोेप साइनोफार्म र साइनोभ्याकको आपतकालीन् प्रयोगका बारेमा अनुसन्धान गरेको जनाएको छ ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनम गेब्रेयोसले सो कुराको जानकारी गराएको हो । उनले चीनका ती कम्पनीहरुले उत्पादन गरेका खोपहरुको आपतकालीन प्रयोगका लागि आवश्यक पर्ने प्रक्रिया पूरा गर्ने विषयमा विश्व स्वास्थ्य संगठनका विज्ञहरुले काम गरिरहेका बताएको हो ।

महानिर्देशक गेबरियसले भन्नुभएको छ– मलाई यस कारणले खुशी लागेको छ कि चीनका यी दुई खोपको प्रयोग र तिनको अन्तर्राष्ट्रिय प्रयोगका लागि आवश्यक गुणस्तरका विषयमा पनि विश्व स्वास्थ्य संगठनको विज्ञ समूहले काम गरिरहेको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वका खोप उत्पादक कम्पनीहरुलाई छिटो छिटो खोपहरु उत्पादन गर्न र यससम्बन्धी तथ्यांकहरु संगठनलाई उपलब्ध गराउन पनि विश्व समुदायलाई आग्रह गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादकीय

सबै

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

नेपालको संविधानमा रुपष्ट भनिएको छ,–निर्वाचित प्रधानमन्त्रीविरुद्ध दुई वर्षसम्म अविश्वास प्रस्ताव लैजान नपाइने । संसदबाट अर्को सरकार बन्ने अवस्था रहेसम्म संसद

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार