अलेन्स दोर्जे लामा,सिरहा । सिरहा जिल्ला गोलबजार न.१० धर्मपुर बुद्ध चोक टोलमा गए राती जंगली हात्तीले आक्रमण गरेको छ । चार हात्तीले गाउँमा जनधनको क्षति समेत पुर्याएको हो ।
मंगलबार राति ९ः०० बजे हात्तीले आतंक मच्चाउन थालेपछि देखेपछि स्थानीयहरु त्रसित बनेका थिए । स्थानीय मन्नु राई लामाले केही छिनमै हात्तीले आफु सुतिरहेको घरको भित्ता भत्कएको बताइन ।
गोलबजार ईलाका प्रहरी कार्यलयका अनुसार मानविय क्षति नभएको र जनधनको क्षति समेत गरेको थियो ।