काठमाडौँ । चर्चित संगीतकार एंव एरेन्जर सुदिप सागरको संगीत संयोजनमा तयार पारीएको सपना घिमिरे पौडेलको आफ्नै शब्द संगीतमा ‘मेरो रातो गलबन्दी’ बोलको गीतको म्युजिक भिडियो सार्वजानिक गरिएको छ ।
म्युजिक भिडियोलाई एस थ्री के ईन्टरटेनमेन्टको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । वान डीबि रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा सपना घिमिरे पौडेल र प्रताप दासको स्वर रहेको छ ।
बिक्रम चौहानले निर्देशन गरेको म्युजिक भिडियोलाई प्रकाश खडकाले छायांकन, मिलन बिश्वकर्माले सम्पादन गरेका हुन् । म्युजिक भिडियोमा स्मारिका ढकाल,सामरिक ढकाल र सागर लम्साल बलेको अभिनय समेटिएको छ ।
हेर्नुहोस भिडियो ।