सन्तोष काफ्ले ,रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा शहरी विकास मन्त्रि प्रभु साहलाई कालो झण्डा देखाइएको छ । रौतहटको चन्द्रनिगाहपुरस्थित गौतम होटलमा चन्द्रपुर स्मार्ट सिटिको भावी कार्य योजना सम्बन्धि छलफल तथा अन्तर्कृया कार्यक्रममा सोमबार साँझ सहभागी हुन आएका मन्त्री साहलाई नेकपा प्रचण्ड नेपाल समुहका कार्यकर्ताहरुले कालो झन्डा देखाएका हुन ।
कालो झन्डा देखाउदा केही समय चन्द्रनिगाहपुर चोकमा झडपको स्थिती सिर्जना भएको थियो । सोही क्रममा स्थानिय अमृत श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । कालो झन्डा देखाएपछि श्रेष्ठलाई प्रहरी नियन्त्रणमा लिइएको हो । पक्राउ परेका श्रेष्ठलाई तुरुन्त रिहाको माग गर्दै नेकपा नेता तथा कार्यकर्ताहरुले इलाका प्रहरी कार्यलय अगाडी नाराबाजी गरेका छन ।