२७ पुष २०७७, सोमबार

प्रधानमन्त्री कप क्रिकेट छनौटमा नवलपरासी र बाँके विजयी

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २७ पुष २०७७, सोमबार खेल

भैरहवा । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुरुषतर्फको लुम्बिनी प्रदेशस्तरीय छनौट खेलमा सोमबार समूह ‘ए’ को खेलमा नवलपरासीले पाल्पालाई २७ रनले पराजित गरेको छ । नवलपरासीको यो लगातार दोस्रो जित हो । यस्तै लमहीमा भएको समूह ‘बी’ को खेलमा बाँकेले बर्दियालाई २ विकेटले पराजित गरेको छ ।

भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको समूह ‘ए’ को खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नवलपरासीले ७ विकेट गुमाई १३६ रनको योगफल बनाएको थियो । उसका लागि जितेन्द्र साहनीले ५८, रंजित खड्काले २२ र सद्दाम अन्सारीले २१ रनको योगदान गरे । बलिङमा पाल्पाका सागर थापा क्षेत्रीले ३, श्रीधर बस्याल, सुरेश गोदार र रुपेश बस्यालले १÷१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको पाल्पाले २३.४ ओभरमा सबै विकेट गुमाई १०९ रनमै समेटियो । उसका लागि नरेश कुमार कार्कीले ३४, मनिष न्यौपानेले १५ रन बनाए । बलिङमा नवलपरासीका अर्पण लोनियाले ३, जितेन्द्र साहनी र मनिष पाण्डेले समान २÷२, जगदीष चौधरी र अजित यादवले १÷१ विकेट लिए । खेलमा नवलपरासीका जितेन्द्र साहनी म्यान अफ द म्याच घोषित भए । मौसमका कारण सोमबारको खेल २८ ओभरमा छोट्याइएको थियो । मंगलबार समूह ‘ए’ अन्तर्गत कपिलवस्तु र पाल्पाबीच प्रतिष्पर्धा हुनेछ ।

दाङको लमहीमा भएको समूह ‘बी’ अन्तर्गतको खेलमा टस हारेर ब्याटिङ्ग गर्न आएको बर्दियाले १४ दशमलव चार बलमा सबै विकेट गुमाएर मात्र ५८ रन बनाउन सक्यो । उसका लागि सिद्धार्थ श्रेष्ठले १७ र समिर आचार्यले दश रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । बर्दियालाई सस्तैमा रोक्न दीपेन्द्र रावतले सात विकेट लिएका थिए । ५९ रनको झिनो लक्ष्य पक्ष्याएको बाँकेको पनि राम्रो शुरुवात हुन सकेन । १५ दशमलव दुई बलमा आठ विकेटको क्षतीमा बल्ल लक्ष्य पुरा ग¥यो । जसमा सुनिल भण्डारीले १३ र अनुप सिंहले दश रन बनाए । बर्दियाका गोपाल जिसीले चार र बिशाल विक्रम केसीले तीन विकेट लिएका थिए ।

म्यान अफ दी म्याच दीपेन्द्र रावत भए । मंगलबार समूह ‘बी’ अन्तर्गत बाँके र दाङबीच प्रतिष्पर्धा हुनेछ । नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशको आयोजनामा सुरु भएको प्रतियोगिताको समापन पछि उत्कृष्ट खेलाडी छनौट गरी माघ २ गते काठमाडांैमा हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागी लुम्बिनी प्रदेश क्रिकेट टिम तयार गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादकीय

सबै

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

नेपालको संविधानमा रुपष्ट भनिएको छ,–निर्वाचित प्रधानमन्त्रीविरुद्ध दुई वर्षसम्म अविश्वास प्रस्ताव लैजान नपाइने । संसदबाट अर्को सरकार बन्ने अवस्था रहेसम्म संसद

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार