२५ पुष २०७७, शनिबार

अमेरिकी राष्ट्रपति ट्रम्पको ट्वीटर खाता सधैँका लागि बन्द

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २५ पुष २०७७, शनिबार प्रविधि

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर खाता सधैँका लागि बन्द भएको छ । ट्वीटर सञ्चालक कम्पनीले ‘एटदरेटरियलडोनाल्डट्रम्प’ नामक उहाँको खाता सधैँका लागि बन्द गरिदिएको घोषणा गरेको हो ।
उहाँको ट्वीटर खाताबाट हिंसा फैलिने खतरा भएकाले हटाइदिएको कम्पनीका अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

ट्वीटरको भिडियो सम्वन्धी नीति विपरितको भिडियो उहाँले राखेकाले उहाँको खाता हटाउन बाध्य भएको कम्पनीको भनाई छ । अमेरिकाको संसदमा उहाँका समर्थकहरुले गरेको हिंसात्मक घटनासम्वन्धी भिडियो उहाँले ट्वीटरमा राखेपछि उहाँको सर्वत्र आलोचना भएको थियो । उहाँले हिंसा मच्चाउनेलाई देशभक्तको संज्ञा दिएपछि उहाँविरुद्धको आक्रोस थप बढेको थियो ।

ट्वीटरमा उहाँले राखेको भिडियो हटाउन सर्वत्र दवाव आएपछि ट्वीटरले सुरुमा भिडियो हटाइदिएको थियो । त्यसपछि पनि उहाँले ट्वीटरको दुरुपयोग गरेको भन्दै ट्वीटरले उहाँको खाता केही समय बन्द गरिदिएको थियो । अहिले भने सधैँका लागि बन्द गरिदिएको हो ।

राष्ट्रपति ट्रम्पले राज्यशक्तिको दुरुपयोग गरेको र लोकतन्त्रलाई खिल्ली उडाएको भन्दै धेरैले आलोचना पनि गरेका थिए । अमेरिकाका केही सांसद र चर्चित व्यक्तिहरूले ट्रम्पको खातामाथि प्रतिबन्ध लगाउन वर्षौंदेखि माग गर्दै आएका थिए ।

बिहीवार पूर्व राष्ट्रपति बराक ओबामाकी श्रीमती मिसेल ओबामाले ट्विटरले ट्रम्पको “राक्षसी व्यवहार“ माथि रोक लगाउनुपर्ने र उनलाई स्थायी रूपमा निष्कासित गर्नुपर्ने बताएको थियो । अमेरिकी संसद्ले राष्ट्रपतीय निर्वाचनमा जो बाइडेनको जितलाई औपचारिकता दिने प्रक्रिया अगाडि बढाइरहेका बेला ट्रम्पका सयौँ समर्थकहरूले संसद भवनमा प्रवेश गरेर हिंसा मच्चाएका थिए । हिंसामा परी चारजना सर्वसाधारण र एक प्रहरी अधिकारीको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादकीय

सबै

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

नेपालको संविधानमा रुपष्ट भनिएको छ,–निर्वाचित प्रधानमन्त्रीविरुद्ध दुई वर्षसम्म अविश्वास प्रस्ताव लैजान नपाइने । संसदबाट अर्को सरकार बन्ने अवस्था रहेसम्म संसद

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार