२३ पुष २०७७, बिहीबार

सुकुमबासी र भुमिहिनको समस्या ज्यूँ का त्यूँ, प्रदेश सरकार मौन

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २३ पुष २०७७, बिहीबार २ नं. प्रदेश

सिरहा । सिरहा जिल्लाको गोलबजार नगरपालिका ९ र १० का सरकारी जग्गा बचाउ अभियानका संघर्ष समितिमा सदस्यहरु न्यायका लागि प्रदेश सरकार सम्म पुगे ।

जिल्लाका सम्बन्धित निकायहरु जिल्ला प्रशासन कार्यलय (सिरहा) र बन कार्यालाय (लाहान) ले कुनै पनि कदम नचालेपछी भुमाफिहरुलाई कानुनको दायरामा ल्याउन आफुहरु प्रदेश सरकारसँग पुगेको संघर्ष समितिका अध्यक्ष चन्दर पाशवानले बताए ।

२ न. प्रदेश सरकार मूख्य मन्त्री लालबाबु राउत गोलबजार न. नयाँ चोहर्वामा एक कार्यक्रमबिच उनले भनेका थिए, “वनको जग्गा बनलाई हुन पर्छ सरकारी जग्गा फिर्ता गर्नु पर्छ, जस्तो सुकै ठुलो मान्छे भएपनि सरकारी जग्गा बेच्ने भूमाफियाहरुलाई कानुनको दायरामा ल्याएर कार्वाही गर्छु । ”

तर आज ४ महिना पुग्दा पनि नत जिल्लाले नत प्रदेश सरकाले यसलाई चासोको रुपमा लिए । भूमाफियाहरु आज खुल्लेआम सडममा हिन्ने डुल्ने गफ लगाएरहेका र कस्ले के गर्न सक्छ भन्ने मानसिक्ताले सरकारलाई नटेरेको अवस्था रहेको संघर्ष समितिका एक सदस्यले भने ।

हाल गोलबजार न.पा ९ स्थित बनबुट्यान जग्गा (चन्द्रोदयपुर ८ क) किता न. २००, २०२, २०६ को जग्गा अहिले सम्म फिर्ता नभएको अध्यक्षय पासवानले उज्यालो नेटवर्कलाई जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादकीय

सबै

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

नेपालको संविधानमा रुपष्ट भनिएको छ,–निर्वाचित प्रधानमन्त्रीविरुद्ध दुई वर्षसम्म अविश्वास प्रस्ताव लैजान नपाइने । संसदबाट अर्को सरकार बन्ने अवस्था रहेसम्म संसद

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार