भेनेजुएलाको संसदका सदस्यहरुले लिए सपथ, अमेरिका–समर्थित गुएइदो बाहिरिए

उज्यालो प्रतिनिधि २२ पुष २०७७, बुधबार विश्व

काराकास । दक्षिण अमेरिकी मुलुक भेनेजुएलाको नयाँ संसदका सदस्यहरुले मंगलबार सपथ ग्रहण गरेका छन् । संसदमा वर्तमान राष्ट्रपति निकोलास मदुरोका समर्थकहरुको बहुमत रहेको छ ।
विपक्षी नेता हुँवा गुएइदो भने औपचारिक रुपमै संसदीय कारबाहीबाट अलग भएको छ ।

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले नयाँ संसदको निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाएको छ । अमेरिकी विदेश मन्त्रालयले पछिल्लो पटक सार्वजनिक गरेको विज्ञप्तिमा अमेरिकाले भेनेजुएलाको आधिकारिक राष्ट्रपति गुएइदो रहेको जनाएको छ ।

मन्त्री पोम्पेओले भनेका छन, “नयाँ संसद गैरकानुनी छ र यसलाई अमेरिकाले बैधानिक मान्दैन ।”

संसदको नयाँ निर्वाचन परिणामलाई अमेरिका सहित ब्राजिल, कोलम्बिया र उरुग्वेले पनि मान्यता नदिने जनाएका छन् ।

दक्षिण अमेरिकाका एक दर्जन मुलुक र क्यानाडा समेत सहभागी रहेको लिमा समूहका सदस्यहरुले भेनेजुएलामा सम्पन्न संसदीय निर्वाचन र त्यसबाट प्राप्त परिणामलाई अस्वीकार गर्ने जनाएका छन् ।

नेसनल एसेम्ब्लीको कूल २७७ स्थानमध्ये २५६ स्थानमा राष्ट्रपति मदुरोको युनाइटेड सोसलिस्ट पार्टी र यसको गठबन्धन दलले जितेको छ । भेनेजुएलामा गत डिसेम्बर ६ मा संसदका लागि निर्वाचन भएको थियो जसलाई विपक्षी दलहरुले बहिस्कार गरेका थिए ।

नेसनल एसेम्ब्लीको कार्यकाल पाँच वर्षको हुन्छ । यसअघि यस सभामा विपक्षीको बहुमत रहेको थियो, र विपक्षी नेता गुएइदो सन् २०१९ देखि सभामुख हुनुहुन्थ्यो ।

गुएइदोले विपक्षी सांसदहरुलाई समेटेर समानान्तर छायाँ संसद बनाउने योजना बनाउनु भएको छ । उहाँलाई विश्वका झण्डै ५० वटा मुलुकले भेनेजुएलाका आधिकारिक राष्ट्रपतिको रुपमा मान्यता दिएका छन् ।

राष्ट्रपति मदुरोमाथि मतदानमा धाँधली गरेको आरोप लाग्दै आएको छ ।

संसदमा यसअघि विपक्षीको बहुमत रहेपनि संसदले गर्ने हरेक निर्णयलाई मदुरोको प्रभावमा रहेको सर्वोच्च अदालतले खारेज गरिदिएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार