२१ पुष २०७७, मंगलवार

कतार बिरूद्धको प्रतिबन्ध अन्त्य र खाडी मुलुकबीचको क्षेत्रीय ‘एकता र स्थायित्व’का लागि सहमति

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २१ पुष २०७७, मंगलवार प्रवास

काठमाडौं । खाडी राष्ट्रहरूले क्षेत्रीय ‘एकता र स्थायित्व’ सम्बन्धी तीन वर्षको कतार बिरूद्धको प्रतिबन्ध अन्त्यका लागि सम्झौतामा हस्ताक्षर गरेका साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले मङ्गलबार बताएको छ ।

साउदी अरबले खाडी मुलुकहरूको गठबन्धनलाई नेतृत्व दिँदै कतारले इरान र इरानको समर्थन प्राप्त अतिवादी इस्लामिक समूहसँग कतार अधिक निकट बनेको आरोप लगाउँदै सन् २०१७ को जुनमा उनीहरूले कतारसँग कुटनीतिक सम्बन्ध तथा पारबहन सम्बन्ध विच्छेद गर्ने निर्णय गरेका थिए । उक्त निर्णयले कतारलाई खाडीमा एक्लो बनाएको थियो यद्यपि गठबन्धनको आरोपलाई कतारले खण्डन गर्दै आएको थियो ।

“यी प्रयासहरूले हामीलाई अल उला वक्तव्यको सहमतिमा पुग्न मद्दत पु¥याएको छ । शिखर सम्मेलनमा हस्ताक्षर हुनेछ । सम्मेलनमा हामी हाम्रो खाडी, अरब र इस्लामिक एकता र स्थिरताको पुष्टि गर्दछौं,” उनले बैठकमा भने । मध्यस्थताका लागि उहाँले संयुक्त राज्य अमेरिका र कुवेतलाई धन्यवाद दिएको छ ।

उनले थपे, “आज हाम्रो क्षेत्रको प्रवर्धन र हाम्रो वरपर रहेका विशेष गरी इरानी शासनको आणविक र बैलिस्टिक मिसाइल कार्यक्रमले ल्याएको खतराहरू चुनौतिहरूको सामना गर्न सहयोग पुगेको छ । तोडफोड र विनाश गर्ने योजनाहरूको सामना गर्न एकजुट हुनु आवश्यक छ ।”

अल उला घोषणा पत्र नाम दिइएको दुई सहमति पत्रमा छ–सदस्यीय खाडी सहकार्य परिषद्का नेताले हस्ताक्षर गरेका छन् । साउदी सहर अल उलामा खाडी क्षेत्रका यी मुलुकहरूको शिखर सम्मेलन र मस्यौदा तयार भएको हो ।

उनीहरूको सहमतिसम्बन्धी सामग्री तुरून्त सार्वजनिक गरिएको छैन तर छिमेकीहरू बीचको लामो दुश्मनीको बाबजुद साउदीले दोहासम्म आफ्नो सिमाना खोल्ने घोषणा गरेपछि राति कडा गतिरोध अन्त्य गर्ने सम्झौताको आशा बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादकीय

सबै

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

नेपालको संविधानमा रुपष्ट भनिएको छ,–निर्वाचित प्रधानमन्त्रीविरुद्ध दुई वर्षसम्म अविश्वास प्रस्ताव लैजान नपाइने । संसदबाट अर्को सरकार बन्ने अवस्था रहेसम्म संसद

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार