भन्सार छली ल्याइएको गाडी र कपडा बरामद

उज्यालो प्रतिनिधि २१ पुष २०७७, मंगलवार फोटो समाचार

सत्ती भन्सार कार्यालय कैलालीले भन्सार छलेर ल्याइँदै गरेका सामग्री बरामद गरेको छ । भन्सार कार्यालयको गस्ती टोलीले आज बिहान रु ६ लाख २५ हजार ७० मूल्य बराबरका कपडा र सौन्दर्य प्रसाधनका सामान तथा रु नौ लाख मूल्य बराबरको पिकअप भ्यान बरामद गरेको हो ।
भन्सार कार्यालयले टीकापुर नगररपालिका–८ वनगाउँ नजीकैबाट लुकाइछिपाई ल्याइँदै गरेको अवस्थामा से १ प २१४८ नम्बरको महेन्द्रा बोलेरो पिकअप भ्यान, ११ गाँठ कपडा र सौन्दर्य प्रसाधनका सामान बरामद गर्नाका साथै दुई व्यक्तिलाई पक्राउ गरेको हो ।
भन्सार कार्यालयका प्रमुख विमल शाहले सामान बरामदपछि अनुसन्धान जारी रहेको बताउनुभयो । ‘‘बरामद भएका सामान अनुसन्धानपछि लिलाम गरिने छ’’, शाहले भन्नुभयो, ‘‘भन्सार छली ल्याउनेलाई बिगोबमोजिमको जरिवाना र सजायँसमेत हुन सक्ने व्यवस्था छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार