आफ्नो विचार नमान्नेलाई ओलीले एक/एक गरी सिद्ध्याउँछन् : माधव नेपाल

उज्यालो प्रतिनिधि २१ पुष २०७७, मंगलवार फोटो समाचार

काठमाडौं । नेकपा (प्रचण्ड–नेपाल) समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले विरोध गर्ने अरुलाई पनि सिध्याउँदै जाने टिप्पणी गरेका छन् । मंगलबार जनता समाजवादी पार्टीले गरेको अन्तर्क्रिया कार्यक्रममा सम्बोधन गर्दै नेता नेपालले आफ्नो विचार नमान्ने सबैलाई एक/एक गरी सिद्ध्याउने बताए ।

उनले अघि भने, ‘सिध्याउन अहिले पार्टीभित्रबाट सुरु गरेका छन् । विरोध गर्ने अरुलाई पनि सिध्याउँदै जानुहुन्छ ।’ संघीयता, गणतन्त्र मन नपरेका ओलीलाई सत्ता सञ्चालन गर्ने परिस्थिति बनेको उनले बताए ।

अध्यक्ष नेपालले भने, ‘उहाँले विपक्षी दलका नेता तथा नेकपाका केही नेताका बारेमा गरेको टिप्पणी सुन्नुहोस्, उहाँले पदअनुसारको मर्यादित भाषा बोल्नुभएको छैन ।’

नेपालले नेपालको संविधान २००७२ मा सरकारको स्थायित्वको व्यवस्था गरिएको बताए । ‘प्रधानमन्त्रीलाई स्थायित्व दिनकै लागि प्रधानमन्त्री चुनिएको व्यक्तिका विरुद्धमा दुई वर्षसम्म अविश्वासको प्रस्ताव गर्न नपाइने व्यवस्था गरिएको छ । तर प्रधानमन्त्री ओलीले मनपरी ढंगले प्रतिनिधिसभा विघटन गर्नुभयो,’ उनले भने ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार