गरुडाका प्रहरी प्रमुख रावलद्धारा प्रतिक्षालय शिलान्यास

रौतहट । रौतहटको मध्यभाग गरुडामा सोमबार प्रतिक्षालयको शिलान्यास गरिएको छ । रौतहको गरुडा नगरपालिका स्थित रहेको इलाका प्रहरी कार्यालय गरुडाको प्राङगणमा “सामुदायिक प्रहरी साझेदारी कार्यक्रम“ अन्तर्गत एक कार्यक्रमका बिच इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायक उपरिक्षक रवि रावल द्वारा प्रतिक्षालयको सोमबार शिलान्यास गरेका छन् ।

प्रहरी कार्यालयमा रहेको प्रतिक्षालयको अवस्था जिर्ण भइसकेको कारण इलाका प्रहरी कार्यालय रौतहटको बिशेष पहलमा संसद विकास कोष क्षेत्र नम्बर ४(ख)को आर्थिक सहयोगमा उक्त प्रतिक्षालय पुनःनिर्माण हुन लागेको प्रहरी नायब उपरीक्षक रवि रावलले बताएका छन ।

शिलान्यास कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका संघीय पार्षद सदस्य जयनाथ यादव, जसपा युवा नेता राज कुमार दास, प्रहरी निरीक्षक राजाराम केशरी लगायतका सुरक्षाकर्मी सहित सर्वसाधारणको समेतको सहभागीता रहेको थियो । उक्त प्रतिक्षालयको निर्माण कार्य एक महीना भित्र सम्पन्न हुने निर्माण पक्षले जनाइएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार