१५ पुष २०७७, बुधबार

सांस्कृतिक पर्वहरूले आपसी सहिष्णुता र राष्ट्रिय एकता : प्रदेश प्रमुख शेरचन

पोखरा । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले तमु (गुरुङ) समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व ल्होसार/ल्होछार, किराँत समुदायको उधौली पर्व तथा नेवार समुदायको यःमरी पुन्ही एवं ज्यापु दिवसको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।

प्रमुख शेरचनले आज एक शुभकामना सन्देशमा सांस्कृतिक पर्वहरूले आपसी सहिष्णुता र सद्भाव एवं राष्ट्रिय एकता सुदृढ गर्न महत्वपूर्ण भूमिका खेलेको बताउँदै ल्होसार÷ल्होछार, उधौली तथा यःमरी पुन्हीको अवसरमा शान्ति, स्थायित्व, राष्ट्रिय एकता र समृद्धिका लागि सबैमा प्रेरणा मिलोस् भन्ने कामनासमेत गरेका छन् ।

तमु समुदायले ल्होसार÷ल्होछारलाई नयाँ वर्षको रूपमा मनाउँदै आएका छन् । च्यू ल्हो ९मुसा वर्ग०को बिदाइ र ल्वों ल्हो (गाई वर्ग)को आगमनको खुशीयालीमा एकापसमा शुभकामना साटासाट गरी तमु समुदायले यो पर्व मनाउने गर्दछन् ।

यसैगरी किराँत समुदायले अन्नबाली भित्र्याएको खुशीयालीमा उधौली पर्व मनाउँदै आएका छन् भने नेवार समुदायले मनाउने यःमरी पुन्ही पनि यसपालि तमु ल्होसार र उधौलीसँगै एकै दिन परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादकीय

सबै

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

नेपालको संविधानमा रुपष्ट भनिएको छ,–निर्वाचित प्रधानमन्त्रीविरुद्ध दुई वर्षसम्म अविश्वास प्रस्ताव लैजान नपाइने । संसदबाट अर्को सरकार बन्ने अवस्था रहेसम्म संसद

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार