रोल्पा । प्रतिनिधिसभा विघटनको विरुद्धमा रोल्पामा विशाल विरोध कार्यक्रम आयोजना भएको छ । केपी ओली सरकार सर्वसत्तावादर्फ उन्मुख भएको र संविधान विरोधी काम गरेको भन्दै पूर्वसभामुख कृष्णबहादुर महराको विशेष आतित्थ्यतामा विरोध कार्यक्रम आयोजना गरिएको हो ।
नेकपा (प्रचण्ड–नेपाल) पक्षले आज देशैभर प्रदर्शन गरेको छ । यसैबीच रोल्पामा नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्वसभामुख महरा, पूर्वऊर्जामन्त्री तथा स्थायी कमिटी सदस्य वर्षमान पुन अनन्त लगायतको उपस्थितिमा विरोध भएको हो ।
सरकारले गरेको उक्त कदमको जिल्ला पार्टी कमिटी र नौ वटा गाउँपालिका र एउटा नगरपालिकाको सामुहिक विरोधसभा कार्यक्रम भएको हो । साथै, कार्यक्रममा पूर्वसभामुख तथा प्रचण्ड नेपाल समूहकी केन्द्रीय सदस्य ओनसरी घर्ती, शिक्षा समिति सभापति तथा पार्टी केन्द्रीय सदस्य जयपुरि घर्ती, लुम्बिनी प्रदेशका पार्टी सह–इन्चार्ज तथा प्रदेश ५ का कानुनमन्त्री कुल प्रसाद केसी लगायतका नेताहरुको विशेष उपस्थितिमा सबै स्थानिय तहहरुमा विरोध कार्यक्रम भएको थियो ।
सदरमुकाम लिबाङमा विभिन्न झाकीसहितको कार्यक्रम सम्पन्न भएको थियो ।