नेकपा रौतहटको जिल्ला स्तरीय कार्यकर्ता भेला सम्पन्न (फोटो फिचर)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रौतहटको जिल्ला स्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ । रौतहटको गौरस्थित नेकपा पार्टी कार्यालयमा कार्यकर्ता भेला आइतबार सम्पन्न भएको हो । नेकपाका दुई अध्यक्ष पुष्पकमल दाहाल र खड्ग प्रसाद ओलीबिच भएको मतभेद र तिक्तता पश्चात कार्यकर्तामा परेको द्विबिधा लाई जवाफ दिने हेतुका साथ आइतबार सम्पन्न रौतहट जिल्ला स्तरिय भेलामा कुनै गुटको नाम नदिएको भएतापनि बक्ताहरुले खड्ग प्रसाद ओली र उनको कदम प्रति तिब्र असन्तुष्टि जनाएका थिए ।

भेलालाई सम्बोधन गर्नु हुने बक्ताहरुले खड्ग ओलीलाई गधाको संज्ञा दिएका छन् । गधालाई जति नुहाएपनि कहिल्यै गाई हुन नसक्ने वक्ताहरुको समान भनाई रहेको थियो । ओली कम्युनिष्ट हुनै नसक्ने र कम्युनिष्टको नाममा कलंकीत पात्र मात्र भएको बक्ताहरुले दावी गरेका छन । नेकपा विधि र सुशासनमा चल्ने भएकाले विधि र विधानलाई लत्याएर पार्टी चल्न नसक्ने भएकाले हाल नेकपा दुई धारमा देखिएको भेला कार्यक्रमका बक्ताहरुले बताएका छन ।

पूर्व मन्त्री मातृका यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा रौतहट जिल्ला ईन्चार्ज तथा नेकपा केन्द्रिय सदस्य युवराज भट्टराइ , कमल राय यादव, सरला यादव , संबिधान सभा सदस्य रामकुमार भट्टराई, सत्यनारायण भगत लगायत रौतहट जिल्लाका नेकपा नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो । भेलाले १४ गते सदरमुकाम गौरमा बिरोध प्रदर्शन लगायतका कार्यक्रमहरु गर्ने निर्णय समेत भेलाले गरेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार