१२ पुष २०७७, आईतवार

वर्षमा दर्जनौँ पटक दुर्गमका नागरिकले सञ्चारको समस्या भोग्दै

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १२ पुष २०७७, आईतवार प्रविधि

डोल्पा । हिमाली जिल्लामा ल्यान्डलाइन, इन्टरनेट तथा मोबाइल टावरले राम्रोसँग काम गर्न छोडेको करीब एक महिना पुग्न थालेको छ । दुर्गम जिल्लाका जनता जोड्ने भरपर्दो माध्यमले राम्रोसँग काम नगरेपछि हैरानी खेप्नु परेको हो ।

जिल्लाका दुनै, जुफाललगायत ठाउँमा राखिएका नमस्ते तथा स्काईका टेलिफोन टावरबाट उपलब्ध फोन तथा इन्टरनेट सेवा कमजोर भएपछि नागरिक हैरानीमा परेका हुन् । छिनमै देखिने, छिनमै हराउने र कुरै नबुझिने फोन तथा इन्टरनेट सेवाका कारण एक मिनेट कुरा गर्न पनि घण्टौँ कुर्नुपर्ने सर्वसाधारणले बताएका छन् ।

मुड्केचुला गाउँपालिकाका स्थानीयवासी हितकुमार रोकायले फोनले काम गर्न छोडेको लामो समय भए पनि सुधारका लागि अझै प्रयास नभएको गुनासो गरे । “सदरमुकाम दुनैकै फोन सेवा काम नलाग्ने भएको छ, बिसौँ पटक फोन डायल गर्दा पनि न यताको आवाज उता राम्रोसँगै सुनिन्छ न त उताको नै, डोल्पालीले ठूलो सञ्चार सास्ती खेप्नुपरेको छ”, रोकायले बताए ।

पटकपटक अवरुद्ध भइराख्ने टेलिफोन टावर तथा जलविद्युत्को गुणस्तर सुधारका लागि जिल्लाका नेतृत्व उदासीन हुँदा बारम्बार नागरिकले सास्ती खेप्दै आएको समाजसेवी ओमेन्द्र केसीले बताउनुभयो । नेपाल टेलिकमको कमजोर सेवाकै कारण वर्षमा दर्जनौँ पटक दुर्गमका नागरिकले सञ्चारको समस्या भोग्दै आएको उनको भनाइ छ ।

लामो समयदेखि गुणस्तर खस्केको टेलिफोन तथा इन्टरनेट सेवाका कारण जिल्लाका सरकारी तथा तथा गैरसरकारी कार्यालयको सेवा प्रवाहसमेत प्रभावित भएको छ । कमजोर सेवाका कारण हैरान भएपछि नागरिक, स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी आफैँ दूरसञ्चार कार्यालय धाउन थालेका छन् । “फोन तथा इन्टरनेटले काम नगरेकै कारण जनताको सेवा प्रवाहमा ढिलासुस्ती भएको छ, मिनेटमै हुने कामका लागि पनि घण्टौँ कुरेर पनि हुँदैन”, डोल्पोबुद्ध गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम पँगेनीले गुनासो पोखे ।

जनताको विकास योजना सम्झौतादेखि पेस्की रकम निकास गर्नसमेत हम्मेहम्मे परेको उनको भनाइ छ । जिल्लामा बाँडिएको एडिएसल इन्टरनेट सेवाले काम नगरेपछि सबैभन्दा धेरै बैंक शाखामा भीडभाड लाग्ने गरेको छ । नयाँ खाता खोल्ने, चेक सटही गर्ने तथा बचत गर्नेलगायत कामका लागि सर्वसाधारणको भीडभाड लाग्ने बताइएको छ । इन्टरनेटले काम नगरेकै कारण हप्ताँैदेखि नयाँ खाता खोल्ने फाइल त्यतिकै थन्किएको सिटिजन्स बैंक दुनै शाखाका कर्मचारी धनगिरि फडेराले बताए ।

बढ्दो अनलाइन कक्षाका कारण प्रयोगकर्ता बढेकै कारण डोल्पाको फोन तथा इन्टरनेट सेवा कमजोर भएको दूरसञ्चार कार्यालय डोल्पा शाखाले जनाएको छ । नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जको टोली डोल्पा आइसकेकाले छिट्टै सुधार हुने आशा रहेको दूरसञ्चार कार्यालय डोल्पाका प्राविधिक नवराज भट्टराईले जानकारी दिए । डोल्पाको टेलिफोन टावरको गुणस्तर सुधारका लागि जनताले सम्बन्धित निकायलाई माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादकीय

सबै

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

नेपालको संविधानमा रुपष्ट भनिएको छ,–निर्वाचित प्रधानमन्त्रीविरुद्ध दुई वर्षसम्म अविश्वास प्रस्ताव लैजान नपाइने । संसदबाट अर्को सरकार बन्ने अवस्था रहेसम्म संसद

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार