१२ पुष २०७७, आईतवार

कोरोना अस्पतालबाट भागे कोरोना संक्रमित

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १२ पुष २०७७, आईतवार लुम्बिनी

बुटवल । बुटवलको कोरोना विशेष आइसोलेसन अस्पतालबाट एक जना कोरोना संक्रमित भागेका छन् ।

संक्रमित लुम्बिनी प्रादेशिक अस्पतालले बुटवल १० रामनगरस्थित धागो कारखानामा सञ्चालन गरेको कोरोना विशेष अस्पतालको आइसियूमा भर्ना भएका थिए ।

अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बुटवल १३ बेलबासका ५५ वर्षीय पुरूष आइतबार बिहानै साढे ५ बजेतिर अस्पतालको शौचालयबाट भागेको जानकारी दिए।

कोरोना संक्रमण पुष्टि भएपछि उनी पुस ८ गतेदेखि कोरोना अस्पतालको आइसियूमा भर्ना भएका थिए । स्वास्थ्य अवस्था सुधारउन्मुख भइरहे पनि अस्पतालबाट डिस्चार्ज गर्न मिल्ने अवस्था नभइसकेको भए पनि उनले शनिबार डिस्चार्ज गरिदिन आग्रह गर्दै आएको डा. थापाले जानकारी दिए ।

आइतबार बिहान भने शौचालयबाट भागेपछि उनको खोजी भइरहेको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादकीय

सबै

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

नेपालको संविधानमा रुपष्ट भनिएको छ,–निर्वाचित प्रधानमन्त्रीविरुद्ध दुई वर्षसम्म अविश्वास प्रस्ताव लैजान नपाइने । संसदबाट अर्को सरकार बन्ने अवस्था रहेसम्म संसद

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार