काठमाडौं । तपाईंहरु धेरैले आजको जमानामा कम्प्युटर तथा ल्यापटप प्रयोग गर्नुहुन्छ । दैनिक प्रयोगमा ल्याउँदा त्यसलाई कसरी सफा गर्ने भन्नेबारे थाहा नहुन सक्छ ।
कम्प्युटर सफा गर्नका लागि एयर कम्प्रेसर तथा विद्ययुतीय क्लिनर बिनै तपाईंले सुरक्षित रुपमा कम्प्युटर तथा ल्यापटप सफा गर्न सकिन्छ । त्यसका लागि पानी र रुबिङ अल्कोहल लिनुहोस् । तपाईंले रुबिङ अल्कोहल बजारमा सजिलै किन्न पाउनुहुनेछ । अब चौडा किसिमको एउटा माइक्रोफाइबर कपडा लिनुहोस् । यसले कुनै स्क्र्याच नगरेरै कम्प्युटर तथा ल्यापटपको सबै किसिमका फोहरमैला तान्न सक्छ ।
खास गरेर मोनिटर सफा गर्ने क्रममा तपाईंले यो पद्दति अपनाउन एकदमै महत्वपुर्ण छ । यही पद्दति तपाईंले ल्यापटप तथा किबोर्ड सफा गर्ने क्रममा समेत अपनाउन सक्नुहुन्छ ।
हावाको चापबाट सफा गर्ने क्रममा फोहर मैला बाहिर निस्किनुको साटो किबोर्ड भित्र जम्मा भएर बसिरहेको हुन्छ ।
माइक्रो फाइबर कपडामा स्प्रे गर्नुहोस् । स्प्रे गरिएको कपडाले हातको पछाडि भागमा हलुकासँग हिर्काउनुहोस् । कपडाको एकदमै धेरै आद्रता इलेक्ट्रोनिक्स डिभाइसका लागि एकदमै नराम्रो हो । अब ओँलाहरुको बीचमा कपडालाई पट्याउनुहोस् र सजिलैसँग कम्प्युटर, ल्यापटप तथा किबोर्ड सफा गर्नुहोस् ।