प्रहरी चौकी बनाउन निःशुल्क जग्गा उपलब्ध

काठमाडौँ । तारकेश्वर गाउँपालिका–१ छापाडाडाँस्थित प्रहरी चौकी दाङसिङका लागि नयाँ भवन बनाउन स्थानीयवासी मानबहादुर तामाङले एक रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको छ ।

राज्य पुनःसंरचनापश्चात गाउँपालिका केन्द्रको सुरक्षा जिम्मेवारी बहन गर्न तथा धादिङसँग जोडिएको सीमा क्षेत्र हुँदै हुनसक्ने आपराधिक गतिविधि रोक्न स्थापना गरिएको चौकीको नयाँ भवन बनाउन उनले जग्गा दिएको हो ।

उनले प्रहरी चौकीका जग्गा जिल्ला मालपोत कार्यालय नुवाकोटमा शुक्रबार स्वामित्व हस्तान्तरण गरे । जग्गाधनी प्रमाणपत्र लालपुर्जा हस्तान्तरण गर्दै उनले सम्पत्तिभन्दा ठूलो सुरक्षा भएकाले चौकी निर्माणका लागि आवश्यक जग्गा दिन पाउँदा खुशी लागेको बताए । उनका अनुसार उक्त जग्गाको मूल्य चलनचल्तीको कारोवारमा रु १५ लाखभन्दा बढी पर्दछ ।

प्रहरी चौकी निर्माणका लागि जग्गा उपलब्ध गराउनुभएका तामाङसहित उनको छोरा सिंहबहादुर, फूलबहादुर, बमबहादुर र श्रीबहादुरलाई नुवाकोट प्रहरीले कदरपत्रले सम्मान गरेको छ । जग्गा दातालाई प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकाल र जिल्ला प्रहरी प्रमुख कार्कीले संयुक्तरूपमा सम्मान गर्दै आगामी दिनमा समुदायमा शान्ति सुरक्षा स्थापनाका लागि पनि सहयोग कायम राख्न आग्रह गरे ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार