जीप अनियन्त्रित भई विद्युतको खम्बामा ठोक्कियो, दुईको मृत्यु, १५ बढी घाइते

उज्यालो प्रतिनिधि २६ मंसिर २०७७, शुक्रबार फोटो समाचार

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जलबिरे–चन्डीभञ्ज्याङ ग्रामीण सडकमा चण्डीभञ्ज्याङबाट राजमार्गतर्फ आउने क्रममा आज बिहान ९ः५५ बजे ना४च ५०५० नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मृतकको नाम थर वतन नखुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो । दुर्घटनामा १५ जनाभन्दा बढी घाइते भएका छन् । अहिले घाइतेको उद्धार गरी थप उपचारका लागि भरतपुर पठाइएको छ । उनका अनुसार सो बलेरो जीप अनियन्त्रित भई सडक छेउमा रहेको विद्युत्को खम्बामा ठोक्किएका थिए । अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय मुग्लिनको टोली पुगी घटनाबारे थप जानकारी लिने काम भइरहेको प्रवक्ता थापाले बताए । file photo

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार