‘हक्की कमानसिंह लामा, जसले आफ्नै बुवाविरुद्ध विद्रोह गरेका थिए’

बुद्ध लोप्चन २५ मंसिर २०७७, बिहीबार समाचार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य कमान सिंह लामाको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण त्रिवि शिक्षण अस्पतालमा निधन भएको छ । हक्की स्वभावका लामाको गएराति उपचारको क्रममा ६९ वर्षको उमेरमा निधन भएको हो । उनको निधनप्रति पार्टी तथा शुभिचिन्तकहरुले विभिन्न माध्यमबाट श्रद्धाञ्जली दिइरहेका छन् ।

को हुन्, लामा ?
कमान सिंह लामा नेपाली कम्युनिष्ट आन्दोलनका साक्षी हुन् । कम्युनिष्ट आन्दाोलनका स्थापना, आरोह, अवरोध, एकता र विभाजनका साक्षी लामाको जन्म काभ्रेपलाञ्चोक जिल्लाको चौरीदेउराली गाउँपालिका वडा नं. ७ स्थित् मादनकुँडारीमा भएको हो ।

राजनीतिक जीवनकालमा उनले ८ वर्ष जेलजीवन पनि बिताए । राजनीतिक परिवर्तनका विभिन्न आन्दोलनको अग्रमोर्चामा खटिएका लामा वि.स. २०४८ सालको आम निर्वाचनमा काभ्रे क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित् बनेका थिए ।

बुवाको शासनविरुद्ध घरमै विद्रोह, सांसद्देखि राजदूतसम्म
कमानसिंह हुनेखाने परिवारमा जन्मिएका हुन् । उनको बुवा चन्द्रसिंह लामा सामन्ती स्वभावका थिए । गाउँलेहरुमाथि उनको चर्को दमन र शासन थियो । कमानसिंह घरका जेठा छोरा हुन् ।

कमानका बुवाले गाउँलेलाई अन्यायमा मात्रै राखेका थिएनन्, आफ्नो घरको काम समेत गर्न लगाउँथे । उनको बुवाका यी सबै क्रियाकलाप कमानलाई मन परेको थिएन । उनका बुवाविरुद्ध बोल्ने गाउँलेसँग कुनै ताकत थिएन । त्यतिबेला उनै कमानले आफ्नो बुवाको सामन्ती शासनविरुद्ध धावा बोले र परिवारबाटै विद्रोहको विजारोपण गरे ।

त्यसपछि उनीसहित्ले काभ्रेमा कम्युनिष्ट पार्टीको बिजारोपण गरे । कमानसिंह काभ्रेमा कम्युनिष्ट पार्टीको बिउ रोप्नेमध्येका एक हुन् । नेपाल कम्युनिष्ट पार्टी काभ्रेको संस्थापक सदस्य भएर काम गरेका उनले त्यसपछि कम्युनिष्ट पार्टीमा रहेर विभिन्न आन्दोलन रसंघर्षमा भाग लिए ।

कमानसिंहले पहिलोपटक वि.स. २०३८ सालमा भएको गाउँ पञ्चायत्को निर्वाचनमा गाउँ पञ्चायत् प्रमुखमा निर्वाचन लडेका थिए । तर, उनलाई आफ्नै बुवाले षड्यन्त्र गरेर हराएका थिए । त्यसपछि उनले वि.स. २०४३ सालमा चुनाव लडे । बस चिन्ह लिएर उनी जनपक्षीय उम्मेदवारको रुपमा राष्ट्रिय पञ्चायत निर्वाचन लडेका थिए ।

त्यसपछि वि.स. २०४६ सालको पञ्चायतविरुद्धको आन्दोलनमा उनी जेल समेत परे । कमानसिंहले वि.स. २०४८ सालको आम निर्वाचनमा संयुक्त जनमोर्चाको तर्फबाट चुनाव लडे । उनी काभ्रे क्षेत्र नम्बर १ बाट निर्वाचित बने ।

त्यसपछि संयुक्त जनमोर्चाकै तर्फबाट २०५१ को मध्यावधि र २०५६ को आम निर्वाचनमा उनी काभ्रे क्षेत्र नम्बर १ बाट निर्वाचन लडे । तर उनी यो दुवै निर्वाचनमा पराजित भए । पछिल्लोपटक जनमोर्चाको तर्फबाट उनले संविधानसभा निर्वाचन वि.स. २०६४ मा काभ्रे क्षेत्र नम्बर १ बाट निर्वाचन लडेका थिए, तर यो निर्वाचनमा पनि उनी पराजित भएका थिए ।

पार्टीको विभन्न जिम्मेवारीमा सक्रिय रहँदै गर्दा उनी वि.स. २०६९ साल वैशाखमा दक्षिण कोरियाको लागि नेपाली राजदूतमा नियुक्त भएका थिए ।

पार्टी जिम्मेवारी र संलग्नता
काभ्रेमा कम्युनिष्ट पार्टीको बिजारोपण गर्दै राजनीति थालेका उनी विद्यार्थीकालदेखि नै पञ्चायतविरुद्धको आन्दोलनमा सक्रिय थिए । पार्टीको विभिन्न जिम्मेवारीमा सक्रिय रहेका कमानसिंह पहिलोपटक वि.स. २०४८ सालमा उनी पार्टी एकतापछि एकताकेन्द्रको केन्द्रीय सदस्य बनेका थिए । त्यसपछि पार्टी एकता र विभाजनको साक्षी कमानसिंह पार्टीको केन्द्रीय समितिकै जिम्मेवारीमा छन् । हाल उनी सत्तारुढ नेकपाको केन्द्रीय समिति सदस्य एवं नेकपानिकट आदिवासी जनजाति महासंघको सह इन्चार्ज थिए ।

काठमाडौंको पद्मोदय हाइस्कुलमा अध्ययन गरेका कमानसिंहले केही वर्ष मादनकुडारीस्थित प्रभा माध्यमिक विद्यालयमा शिक्षकको रुपमा जागिरे समेत गरेका थिए ।

कम्युनिष्ट आन्दोलनमा अपुरणीय क्षति
नेता लामाको निधनले कम्युनिष्ट आन्दोलनमा अपुरणीय क्षति पुगेको नेताहरुले श्रद्धाञ्जलीमार्फत् व्यक्त गरेका छन् । नेकपाका केन्द्रीय नेताहरुले उनको निधनले पार्टीमा अपुरणीय क्षति पुगेको प्रतिक्रिया दिइरहेका छन् ।

नेकपाका नेता एवं पूर्वराज्यमन्त्री सुर्यमान दोङ (लालध्वज) ले नेता लामाको निधनले पार्टी र आन्दोलनमा क्षति पुगेको बताउँदै भने, ‘कम्युनिष्ट आन्दोलनको परिवर्तनकारी आन्दोलनको महत्वपूर्ण योद्धा ढलेको अनूभुति छ, यसले हाम्रो पार्टी र आन्दोलनमा अपुरणीय क्षति पुगेको छ ।’

त्यसैगरी चौरीदेउराली गाउँपालिकाका अध्यक्ष एवं नेकपा बागमती प्रदेश कमिटिका सचिवालय सदस्य दिननाथ गौतम (प्रयास) ले पनि उनको निधनबाट ठूलो क्षति पुगेको बताए । भने, ‘उहाँ एउटा कम्युनिष्ट आन्दोलनको होनाहार अथक योद्धा हुनुहुन्थ्यो, उहाँले अफ्नै परिवारका विरुद्ध विद्रोह गर्नुभयो, उहाँ बुवाकै विरुद्ध संघर्ष गर्ने मान्छे हो, उहाँ देश र जनताप्रति समर्पित नेता हो, कोसिपारीको स्थापित्, पुरानो र निष्ठावान नेता हो, उहाँको निधनबाट ठूलो क्षति भएको छ ।’

नेकपा बागमती प्रदेशका सदस्य इन्द्रबहादुर थिङ (छिन्ताङ) ले पनि नेता लामाको निधनबाट कम्युनिष्ट आन्दोलनमा ठूलो क्षति पुगेको बताउँदै काभ्रेले कम्युनिष्ट हस्ती एवं अथक योद्धा गुमाउनु परेको बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार