माप्य दुधकोशीको खास्ताबमा प्राथमिक अस्पातलको उद्घाटन

उज्यालो प्रतिनिधि २० मंसिर २०७७, शनिबार फोटो समाचार

सोलुखुम्बु । सोलुखुम्बु जिल्ला माप्य दुधकोशी गाउँपालिका वडा नं. ३ स्थित खास्ताबमा गाउँपालिका प्राथमिक अस्पातलको उद्घाटन गरिएको छ । जनसमुदाय,कर्मचारी विभिन्न पेशाकर्मी बुद्धिजिवीहरुको उपस्थितिमा प्रदेश सांसद “ख” माननीय बुद्धिकुमार राजभण्डारीले प्राथमिक अस्पातलको उदघाटन गरेका हुन ।

यहाँका समुदाय, स्थानिय सरकार,प्रदेश सरकारको पहलमा यस प्राथमिक अस्पातल सञ्चालन भएको छ ।

यो भन्दा अगाडि आर्युबेदिक शाखाको बिस्तार पनि गएिको थियो । प्रशस्त स्वास्थ्य सम्बन्धि भौतिक संरचना तथा जनशक्ति अभावका कारण सञ्चालन गर्न सकिरहेको थिएन । हाल एक जना एम.बि.बि.एस. डाक्टरको प्रत्यक्ष संलन्नतामा रहि १५ जना जनशक्ति सहित द्रुत गतिले स्वास्थ्या सेवा उपलब्ध हुने भएको हो ।

स्वास्थ्या जस्तो सम्वेदनशील विषयको लागि अब जिल्ला हस्पिटल फाप्लु तथा नजिकैको ओखलढुण्गा हस्पिटल जाने झण्झडबाट मूक्त भएको छ । यस गाउँपालिका प्राथमिक हस्पिटलले साविकका गा.वि.स.हरु बासा, काकु, वाकु, जिुभिङ र देउसका करिव ३ हजार घरधुरीलाई सुविधासम्पन्न आँखा क्लिनिक समेतको सेवा प्रवाह गर्ने कार्यक्रम उद्घाटनका बीच गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले बताए ।

कार्यक्रममा नेकपा सोलु अध्यक्ष मानवीर राई माप्य दुधकोशी गाउँपालिका उपाध्यक्ष जुनिता मगर, माप्य दुधकोशी गाउपालिका नेकपा अध्यक्ष गौरब राई, माप्य दुधकोशी गाउँपालिकाका वडाध्यक्षहरु र स्थानीय जनप्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार