राती नुहाएर सुत्दा शरिरलाई हुन्छ यस्ता उत्कृष्ट फाइदा

उज्यालो प्रतिनिधि १६ मंसिर २०७७, मंगलवार फोटो समाचार

एजेन्सी । धेरैले बिहान नुहाउँछन् तर राती सुत्नु अघि नुहाउनु निकै फाइदाजनक हुन्छ । राती तातो पानीले होइन चिसो पानीले नुहाउनुहोस्, यसो गर्दा दिनभरीको थकान भाग्नुका साथै विभिन्न फाइदा पुर्याउँछ ।

१. सुन्दरताका लागिः

चिसो पानीले नुहाउँदा छालामा निखार आउँछ । यसले डण्डिफोरको समस्याबाट पनि राहत दिलाउँछ । सुत्नुअघि नुहाउँदा छालामा फोहोर जम्मा हुन पाउँदैन जसका कारण छाला चम्किलो हुनुका साथै सुख्खा हुनबाट जोगाउँछ ।

२. मोटोपनाः

आजकाल मानिसहरुको सबैभन्दा ठूलो समस्या भनेको मोटोपना हो । जिममा पसिना बगाएर, डाइटिङ गरेर र राती सुत्नुअघि नुहाएर पनि मोटोपना घटाउन सकिन्छ । यसका लागि सुत्नु अघि मनतातो पानीको प्रयोग गर्नुहोस् वा अत्यधिक चिसो पानीको प्रयोग पनि गर्न सक्नुहुन्छ । यसो गर्दा शरिरको क्यालोरी बर्न हुन्छ र तौल सजिलै कम हुन्छ ।

३. मिठो निन्द्राः

तनावका कारण धेरैलाई राती निन्द्रा नलाग्ने समस्या हुनसक्छ । यदि यस्तो समस्या छ भने राती सुत्नु अघि एकपटक पक्कै नुहाउनुहोस् । यसो गर्दा शरिरले थकान बिर्सन्छ र राती राम्रोसँग निन्द्रा लाग्छ ।

४. रोग प्रतिरोधात्मक क्षमताः

सुत्नु अघि नुहाउँदा रोग प्रतिरोधी क्षमता वृद्धि हुन्छ जसका कारण शरिरले विभिन्न रोगसँग लड्न सक्षम हुन्छ । यसका साथै चिसो पानीले नुहाउँदा मुटु पनि स्वस्थ रहन्छ ।

५. उच्च रक्तचापमाः

जसलाई उच्च रक्तचाप छ, उनीहरुले राती सुत्नु अघि नुहाउनुपर्छ । ज्वरो वा रक्तचाप वृद्धि हुँदा तातो पानीले नुहाउँदा फाइदा पुर्याउँछ । यसले शरिरबाट पसिना निकाल्छ जसका कारण शरिर निकै चाँडो चिसो हुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार