ईज्जत बचाउने नाममा बाबुले गरे आफ्नै छोरीको हत्या

उज्यालो प्रतिनिधि १५ मंसिर २०७७, सोमबार समाचार

रौतहट । रौतहटको माधवनारायण नगरपालिकामा आफ्नै बुवाआमाले १७ बर्षिया विवाहित छोरीको हत्या गराउन लाखौं रुपैया खर्च गरेको रहस्य खुलेको छ । माधवनारायण नगरपालिका वडा नम्वर ७ लौकाहाका रामअयोध्या साहले आफ्नै छोरी १७ बर्षिया छोरी अमृता कुमारी साहको हत्या गराउन २ लाख ५० हजार खर्च गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सुतिरहेको अवस्थामा अमृताको दाहिने कन्चटमा गोली हानेर २६ कार्तिकमा हत्या भएको थियो । अमृता हत्याकाण्डको अनुसन्धान गरिरहेको रौतहट प्रहरीले घटनामा अभिभावकहरुकै संलग्नता रहेको अनुसन्धानले देखाएको जनाएको छ ।

प्रेम सम्बन्धका कारण भएको हत्याकाण्ड पछि प्रहरीले मृतक अमृताको बाबु रामअयोध्या साह, आमा सिता देवी साह, परोहा नगरपालिका वडा नं ४ का छोटेलाल साह, देवाही गोनाही नगरपालिका वडा नं २ लक्ष्मिनीयाका शेख अलियास, इस्लाम अंसारी र शेख इम्तयाजलाई पक्राउ गरेको छ ।

मृतक अमृताको आफ्नै गाउका थारु भनिने सोसिन्द्र भगत सँग प्रेम सम्बन्ध रहेको थियो । जात नमिल्ने केटा सँग प्रेम गरेको भन्दै अमृताको २०७६ फागुन २५ गते सर्लाही विष्णुपुर गाउँपालिकाको मधुवन गोठका सोहन भन्ने रुपेश साह संग अभिभावकले विवाह गराइ दिएका थिए । बिहे पछि पतिको घर पुगेको चौथो दिननै अमृताका श्रीमान रुपेश माथि धारिलो चक्कु प्रहार भएको थियो । चक्कु प्रहारबाट गम्भीर घाईते भएका रुपेशले तिन महिनाको उपचार पछि २०७७ साउन २५ गते जिल्ला अदालत मलंगवाबाट श्रीमति सँगको सम्बन्ध विच्छेद गराएका थिए ।

पत्नीको अरु केटा सँग सम्बन्ध रहेको थाहा पाएका रुपेशले सम्बन्ध विच्छेद पछि आफूलाई आक्रमण गर्ने सोसिन्द्र र श्रीमती अमृता समेतलाई ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा दर्ता गराएका थिए । जात नमिल्ने केटासग प्रेम सम्बन्धको बारेमा थाहा पाएको परिवारजनले अमृताको विवाह सर्लाहीमा गराएपछि बिवाद चराकिएको थियो ।

श्रीमान माथि नै आक्रमण भएपछि अमृताका श्रीमान रुपेशले सम्बन्ध विच्छेद गरेर श्रीमती अमृता र उनका प्रेमी सोसिन्द्र पासवान माथि ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गराएको रौतहटका प्रहरी प्रमुख एसपी सिद्धी बिक्रम शाहले बताउनुभयो । अमृता र सोसिन्द्र बीचको सम्बन्ध परिवारजनलाई स्वीकार थिएन । ज्वाईले सम्बन्ध विच्छेद गरेर छोरीमाथि नै मुद्दा गरे पछि छोरी पक्राउ पर्दा इज्जत जाने डर , प्रेमी सोसिन्द्रसँग भागेर जाने डर, घरमै राख्दा पनि गाउलेले प्रेमीको कारण श्रीमानले छोडेको भनेर कुरा सुनाउने गरेको र अपहेलित हुने कारणले बुबा रामअयोध्या र मृतक अमृताको भिनाजु देवाही गोनाही २ का लक्ष्मण साहले हत्या गराउने निर्णय गरे । छोरी अृमतालाई मार्न बुबाले पहिलो पटक परोहा ४ का छोटेलाल साहलाई १ लाख ५० हजार रुपैंया दिए । हत्या गर्ने सुपारी लिएका छोटेलालले अमृतालाई भारतमा लगेर हत्या गर्ने शर्त राखेका थिए ।

योजना अनुरुप कार्तिक ९ गतेका दिन अमृतालाई उपचारको बहानामा भारत लैजाने र उतै मार्ने उनीहरुको योजना भारतको बिहारमा भइरहेको निर्वाचनले गर्दा असफल भयो र अमृता पुनः घर आइन । पहिलो प्रयास असफल भए पछि पुनः बुबा राम अयोध्याले छोरी मार्न देवाही गोनाही २ करुनीयाका कैमुल देवानलाई १ लाख रुपैंया दिए । दोश्रो पटक पैसा दिए पछि २६ कार्तिकमा राति कैमुल देवानले बहुदल भन्ने इस्लाम अंसारी, शेख अलियास र शेख इम्ताजलाई सँगै लग्छन जसमध्ये कैमुल र बहुदलले अमृतालाई घर भित्रै गोली हान्छन भने अलियास र इम्ताजले आमा सिता देवीलाई घर पछाडी नियन्त्रणमा राख्छन । मृतक अमृताकी आमा सीतालाई छोरी मार्ने कुराको सबै जानकारी रहेको प्रहरी अनुसन्धानले देखाएको छ । पति राम अयोध्याले पत्नी सीता देवीलाई आफू वा छोरी मध्ये एक जना रोज्न लगाएको देखिन्छ ।

उपरिक्षक शाहले भने छोरीको कारण बदनाम भएर नबाच्ने भन्दै आफू झुण्डीएर मर्ने वा छोरीलाई मार्ने यी दुई मध्ये एक उपाय रोज्न सीता देवीलाई श्रीमानले बाध्य बनाएको प्रहरी अनुसन्धानमा देखिएको प्रहरीको भनाई छ । योजना अनुरुपनै २६ कार्तिकको राति आमा सीता देवीले छोरी अमृतालाई आफू सँग सुत्न लगाएको र राति ढोका खुल्ला राखेकी थिइन ।

हत्या गर्न आएका कैमुल देवान सहितका चार जना मध्ये दुई जनाले आमा सीता देवीलाई घर पछाडी लगेर राखेको र कोठा भित्र दुई जनाले अमृतालाई गोली हानेको अपराध अभियुक्तहरुले स्वीकार गरेको उपरिक्षक शाहले बताउनुभयो । कुनै फिल्मी कथा जस्तो लाग्ने यस घटनाका अर्का अभियुक्त कैमुल देवानलाई आइतवार दिउँसो सर्लाही बाट पक्राउ गरेको उपरिक्षक शाहले जानकारी दिनुभयो । घटनाको आरोपमा सात जनालाई पक्राउ गरि रौतहट जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक सिद्दिबिक्रम शाहले आईतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार