काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य वर्षमान पुन अनन्तले प्रचण्डको राजनीतिक प्रतिवेदन सामना गर्नुको विकल्प नभएको स्पष्ट पारेका छन् । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री समेत रहेका पुनले आफूहरु पार्टीलाई एकतावद्ध राख्नका लागि प्रतिवद्ध भएको बताए ।
उज्यालो नेटवर्कसँगको कुराकानीका क्रममा उनले प्रचण्डको राजनीतिक प्रतिवेदनमा तत्कालिन माओवादीले लिएको राजनीतिक धार र तत्कालिन एमालेले लिएको राजनीतिक धारको समग्र प्रतिवेदनले लिएका कुराहरुलाई उल्लेख गर्दै समाजवाद उन्मुख यात्रा भएको स्पष्ट पारेका छन् । उनले भनेका छन्, ‘कम्युनिष्ट पार्टीले सरकार चलाइरहँदा कस्तो हुन्छ भन्ने कुरा तालमेल भएन भन्ने वैचारिक प्रश्न प्रस्तावमा उठेको छ । यद्यपी छलफल हुँदै गर्दा कति कुराहरु परिमार्जन होला कति कुराहरु नरम भाषामा बोल्दापनि हुन्छ भन्नुहोला ।’
सरकारको बारेमा प्रचण्डको प्रतिवेदनमा उल्लेख विषयहरुको समिक्षा गर्दै मन्त्री पुनले भनेका छन्, ‘दुुई तिहाईको सरकार हो, राम्रो सुरुवात गरिरहेको छ । तर, जनतामाझ यो भन्दा तीव्र गतिमा अपेक्षा रहेका छन् । त्यसमा हामी जति हुनुपर्ने नभएको कुराहरु सरकारमा भएकाहरु पनि महसुुस गरिरहेका छौं । बाहीर पनि कुरा उठिरहेका छन् ।’
शनिबार दिउँसो अनामनगरस्थित उज्यालो नेटवर्कको कार्यालयमा पुुगेका मन्त्री पुनले सरकार र क्याबिनेटमाथि प्रश्न उठेपछि त्यसको सामना गर्न पर्ने हुन्छ भनेका छौं ।’ राजनीतिक प्रश्नहरु उठ्दा छलफल गरेर सामना गर्नपर्ने उनले बताएका छन् । ‘नेकपालाई दुुई तिहाईको जनादेश दिइएको छ । यो जनादेशमाथि खेलवाड गर्न हुन्न । पार्टी फोड्न पनि पाईंदैन ।’
अहिलेसम्म नेकपाभित्र बनेका ५ वटै डकुमेन्टमाथि छलफल हुनपर्ने उनले जिकिर गरे ।
हेर्नुस भिडियो अन्तर्वार्ताः