मेलौली भगवती मन्दिरमा यस वर्ष जात्रा नहुने

बैतडी । प्रसिद्ध मेलौली भगवती मन्दिरमा लाग्ने मेला यो वर्ष नहुने भएको छ । कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन लाग्ने जात्रा यो वर्ष नलाग्ने भएको हो । कोरोना भाइरसको जोखिम कायमै रहेकाले मेलौली नगरपालिकाले सूचना जारी गर्दै यही मङ्सिर १४ र १५ गते मेलौली भगवती मन्दिरमा लाग्ने जात्रामा नित्यपूजा मात्रै गर्न दिने निर्णय गरेको छ ।

बलिसहितको भव्य जात्रा लाग्ने मेलामा सुदूरपश्चिमका विभिन्न स्थानका साथै भारतबाट समेत दर्शनार्थी आउने गर्दथे । मेलौली भगवती मन्दिर परिसरमा कुनै किसिमका व्यापारिक कक्ष राख्न नदिने, मन्दिर परिसर र मन्दिर नजिक रहेका क्षेत्रमा भीडभाड गर्न नदिने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टले जानकारी दिए । उनले भने, ‘कोरोना जोखिम कायमै रहेकाले मेलाजात्रामा रोक लगाएका हौँ ।’

यस्तै मङ्सिर १३ गतेदेखि १६ गतेसम्म होटेल, पसल तथा बजार पूर्णरुपमा बन्द गर्ने, सोही समयमा मदिराको कारोवार र सेवनमा पूर्णरुपमा रोक लगाउने, स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाएर परिवारबीच मात्रै जात्रा मनाउन दिने निर्णय गरिएको हो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार