ग्याष्ट्रिक ठिक पार्ने घरेलु उपायहरु

एजेन्सी । सामान्यरूपमा भन्नु पर्दा, पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने लगायतका लक्षण र समस्यालाई ग्या।स्ट्रिक भन्ने गरिन्छ । ग्यास्ट्रिक भएकाहरुलाई वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ ढ्याउ आउनु, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, तौल कम हुने ,छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्ने, पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, मुख बिग्रिनु, पेट भारी हुनु, आपन वायु बढ्ने आदि लक्षण देखा पर्नु नै यसको लक्षण हो ।

यसबाट बच्ने घरेलु उपायहरू धेरै छन् ती मध्ये केही उपाय, यहाँ हामी छलफल गर्ने छौं ।

१.बेसारको पात

बेसारको पातलाई सबैभन्दा राम्रो ग्यास्ट्रिकको औषधिको रुपमा मानिन्छ । दिनको एक ग्लास दुधमा बेसारको पात मिसाएर दिनहुँ पिउनुहोस् । यसो गर्दा ग्यास्ट्रिकको समस्या कम हुँदै जानेछ ।

२. अम्बा

(वेलैती)को पात, एउटा अम्बाको पात लिनुहोस् र त्यसलाई पानीमा उमाल्नुहोस् । यसलाई दिनहँु पिउँदा ग्यास्ट्रिकको समस्या कम हुँदै जानेछ ।

३. आलुको जुसस्

आलुलाई सफा गर्नुहोस् । त्यसपछि बोक्रा हटाई एक टुक्रा पानीमा उमाल्नुस् । दिनकै एक ग्लास ३ पटक खाना अघि पिउनुहोस् ।

४.अदुवा

अदुवालाई औषधिको रुपमा पनि मानिन्छ । दिनहुँ खाना खाएपछि ताजा अदुवाको टुक्रा चपाउनुहोस् यो समस्या आफैँ टाढा हुन्छ । यसरी अदुवाको धूलो, नुन, हिंग पानीमा मिसाउनु र दिनहुँ पिउने गर्नुहोस् ।

५. बेकिङ सोडा

बेकिङ सोडामा धेरै मात्रामा ब्लतबअष्म भएको कारण यसले ग्यास्ट्रिकको समस्या हटाउन मदत गर्दछ । एक ग्लासमा आधा चम्चा बेकिङ सोडा राखेर मिसाउनुस् र दिनहुँ यसको प्रयोग गर्ने गर्नुहोस् ।

६.दालचिनी

तातेको दूधमा आधा चम्चा दालचिनीको धूलो र मह राखेर मिसाउनुहोस् । यसको सेवन राती सुत्नु अगाडि गर्नुहोस् । यसले ग्यास्ट्रिकको समस्या कम गर्न मदत गर्दछ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार