चुनावी प्रतिबद्धता पूूरा गर्दै प्रभु साह, महम्मदपुरमा बाँडे ग्यास सिलिन्डर

उज्यालो प्रतिनिधि ९ मंसिर २०७७, मंगलवार २ नं. प्रदेश

गौर । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले चुनावी प्रतिबद्धता पूरा गर्दै गरुडा नगरपालिका–५ महम्मदपुरमा ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरेका छन् ।

मंगलबार महम्मदपुरमा औपचारिक कार्यक्रम गरी ८ सय परिवारलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको छ । औपचारिक कार्यक्रममा संघीय सांसद समिना हुसेनले सांसद साहको धुवाँ मुक्त क्षेत्र बनाउने अभियानलाई महाअभियानको संज्ञा दिइन् । उक्त क्षेत्रको प्रदेश सदस्य कुन्दन कुशवाहाले महम्मदपुर गाउँ ऐतिहासिक गाउँ भएको र यसभन्दा अगाडिका शासकले गाउँलाई पछाडि पारेको बताउदै वर्तमान सांसद साहले यस गाउँलाई शहरमा रुपान्तरण गर्न सुरुवात गरेको बताए ।

प्रतिनिधिसभाको निर्वाचन ताका सांसद साहले आफ्नो निर्वाचन क्षेत्रलाई धुवाँमुक्त बनाउने घोषणा गरेका थिए । सोही अनुरुप निरन्तर क्षेत्रका विभिन्न गाउँमा ग्यास सिलिन्डर तथा चुल्हो वितरण गर्दै आएका छन् । यसअघि यस क्षेत्रको मौलापुर नगरपालिका तथा फतुवा विजयपूर नगरपालिकाका सबै स्थानमा ग्यास सिलिन्डर तथा चुल्हो वितरण भई धुवाँमुक्त नगर घोषणा भईसकेको छ । त्यस्तै गुजरा नगरपालिका, कटहरीया नगरपालिका तथा देवाही गोनाही नगरपालिकाका अधिकांस गाउँमा ग्यास सिलिन्डर वितरण भइसकेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार