गुलाब खातुन हत्या प्रकरण : स्थानिय आन्दोलित, स्थिति नियन्त्रण बाहिर

उज्यालो प्रतिनिधि ९ मंसिर २०७७, मंगलवार BOX NEWS

बर्दिबास । बर्दिबासमा ६ वर्षीय बालिकाको शव फेला परेसँगै स्थानीयवासी आन्दोलनमा उत्रिएका छन । बालिकालाई बलात्कारपछि हत्या गरिएको र प्रहरीको समेत मिलोमतो रहेको स्थानीयवासीले आरोप लगाएका छन् ।

प्रदर्शनमा करिब ६ सय जना भन्दा बढी उत्रिएका छन । स्थानीयद्धारा बालिका हत्या आरोपीतको घर जलाइएको छ । आगो नियन्त्रणमा लिन दमकल बोलाइए पनि स्थानीयबासिले अवरोध गरेका थिए । घर पूर्ण रुपमा जलेको उज्यालो प्रतिनिधि विशाल बस्नेतले जानकारी दिए ।

हत्या आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा आरोपमा गौशाला— ५ का २५ बर्षीय अरुण कुमार साहलाई हामीले पक्राउ गरिएको डीएसपी चपागाइले जनाए । ‘हो मैले नै बालिकाको हत्या गरेको हुँ, भनि अरोपीले स्वीकार गरेका छन्,’उनले भने ।

महोत्तरीको बर्दिबास— १४ शुभम बस्तीबाट आइतबार साँझदेखिख हराएकी शहिद आलमका छोरी गुलाब साह खातुनको शव बोरामा राखेर झाडीमा फालेको अवस्थामा सोमबार मध्य रातमा भेटिएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईंले जनाए ।

शुभम् बस्तीमा रहेको सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चिम विकरु साहको घर पछाडीको विनोद साहको खाली जग्गामा बालिकाको शव भेटिएको थियो ।

हत्या आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा आरोपमा गौशाला— ५ का २५ बर्षीय अरुण कुमार साहलाई हामीले पक्राउ गरिएको डीएसपी चपागाइले जनाए । ‘हो मैले नै बालिकाको हत्या गरेको हुँ, भनि अरोपीले स्वीकार गरेका छन्,’उनले भने ।

घटना प्रकृति हेर्दा बालिकालाई बलात्कार गरेर हत्या भएको स्थानीयहरुले बताएका छन् । बलात्कार पछी बलात्कार गरिएको हो या हैन भन्ने पोस्टमाटम रिपोर्ट आएपछी मात्रा थाहा हुने डीएसपी चपागाइले बताए ।

घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार