८ मंसिर २०७७, सोमबार

सीजी इन्फ्राटा–बीडीए (जेभी)लाई निजगढ विमानस्थलको गुरुयोजना बनाउने जिम्मा

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ८ मंसिर २०७७, सोमबार समाचार
1.6kViews
1753 Shares

काठमाडौँ  । राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना निर्माण गर्न कम्पनी छनोट भएको छ । अन्तर्राष्ट्रिय कम्पनी सीजी इन्फ्राटा–बीडीए (जेभी) ले गुरुयोजना बनाउने जिम्मा पाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अगाडि बढाउन विमानस्थलको अद्यावधिक गुरुयोजना तयार गर्न कम्पनी छनोट भएको जानकारी दिए ।

यो पनि पढ्नुहोस् ...  नेकपाले बोलायो सचिवालय बैठक

प्राधिकरणले आशय–पत्र (लेटर अफ इन्ट्रेस्ट) जारी गर्दै गुरुयोजना निर्माण गर्न कम्पनीको टुङ्गो लगाएको जानकारी दिँदै उनले थपे, ‘‘गुरुयोजना निर्माणको जिम्मा अन्तर्राष्ट्रिय कम्पनी सीजी इन्फ्राटा–बीडीए (जेभी) ले पाएको छ ।’’

गत असोजमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अगाडि बढाउन गुरुयोजना यथाशीघ्र निर्माण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका थिए । मन्त्रालयको निर्देशनपछि प्राधिकरणले गुरुयोजना निर्माण गर्न कम्पनी छनोट गरेको हो । गुरुयोजना निर्माण गर्न प्राधिकरणले माग गरेको आशय–पत्रमा एक दर्जन कम्पनीले आवेदन भरेका थिए, जसमध्ये छवटा कम्पनी सङ्क्षिप्त सूचीमा सूचीकृत भएका थिए ।

यो पनि पढ्नुहोस् ...  काठमाडौंमा कोरोना संक्रमितको दर झनै बढदो

छनोट भएका ती कम्पनीसँग सम्झौता भएको डेढ वर्षभित्र विमानस्थलको नयाँ गुरुयोजना तयार पारेर प्राधिकरणमा पेस गर्ने महानिर्देशक पोखरेलले जानकारी दिए । ३० करोड रुपियाँको लागतमा नयाँ गुरुयोजना निर्माण हुन लागेको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

यो पनि पढ्नुहोस् ...  ज्ञानेन्द्र विरुद्ध रेखाले भनिन्, 'के पाराको बिरोध हो ? चर्चा बटुल्न लफडा काफि हुदैन'

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार