७ मंसिर २०७७, आईतवार

राष्ट्रिय खेलकुदका लागि खेलाडी प्रशिक्षण अघि बढाइने

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ७ मंसिर २०७७, आईतवार खेल
1.7kViews
1198 Shares

काठमाडौं । क्युकोशिन कान कराते सङ्घ कास्कीले नवौँ राष्ट्रिय खेलकुदका लागि खेलाडी प्रशिक्षणलाई अघि बढाउने भएको छ ।

सङ्घको १०आँै साधारणसभाले कोरोना महामारीका कारण खेलाडी प्रशिक्षण रोकिएको अवस्थालाई दृष्टिगत गर्दै आगामी दिनमा सुरक्षा सजगताका साथ उक्त कार्यलाई अघि बढाउने निर्णय गरेको सचिव सुरेशराज अधिकारीले जानकारी दिए । कोरोना महामारीका कारण लामो समयदेखि खेलकुदका धेरै काम प्रत्यक्ष प्रभावित भएको उनले बताए ।

यो पनि पढ्नुहोस् ...  आइपिएलमा कुन खेलाडीले के अवार्ड पाए ?

साधारणसभाले आगामी दिनमा खेलाडीको हौसला वृद्धि गर्नका लागि पदक विजेता खेलाडीलाई सम्मान गर्ने कार्यलाई निरन्तरता दिने निर्णय गरेको छ । साधारणसभाले सङ्घको रिक्त कोषाध्यक्ष पदमा सुजन आचार्य तथा सदस्यमा सुनिल थापा र अर्जुन बरामलाई जिम्मेवारी दिएको छ ।

यो पनि पढ्नुहोस् ...  'स्ट्राइकर टिमो वेर्नेर र अट्याकिङ मिडफिल्डर काइ हाभर्ट्ज महान खेलाडी'

साधारणसभामा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सम्पन्न श्रेष्ठले राज्यले खेल र खेलाडीलाई न्याय दिन नसकेको बताए । राष्ट्रियस्तरमा नै सबैभन्दा बढी पदक ल्याउने खेल मार्सलआर्ट भए पनि यो ओझेलमा परिरहेको उनले बताए ।

कार्यक्रममा नेपाल क्युकोशिन कानका केन्द्रीय प्रशिक्षक राजेन्द्र सुवेदी, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका लेखा प्रमुख डिवि नेपाली, सङ्घका अध्यक्ष बेलबहादुर थापा, उपाध्यक्षद्वय सागरराज गिरी र दानबहादुर क्षेत्री लगायतले कोरोना महामारीले खेल क्षेत्रमा नराम्रोसँग प्रभाव पारेको बताउँदै यसका बाबजुद पनि स्वास्थ्य सुरक्षा सजगताका साथ खेलका गतिविधिलाई अघि बढाउनुपर्नेमा जोड दिए ।

यो पनि पढ्नुहोस् ...  राजस्थानले मुम्बईलाई हरायो।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार