७ मंसिर २०७७, आईतवार

मुकेश चौरसियाको हत्यामा संलग्न आरोपी पक्राउ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ७ मंसिर २०७७, आईतवार समाचार
2.6kViews
1257 Shares

पर्सा । मुकेश चौरसियाको हत्यामा संलग्न मूख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । नेकपा पर्साका जिल्ला कमिटी सदस्य तथा विन्दवासिनी गाउँपालिका पार्टी सचिव समेत रहेका चौरसियाको हत्यामा संलग्न मुख्य आरोपी विन्दवासिनी–३ का अखिलेश प्रसाद चौरसिया भन्ने अशेसर प्रसाद चौरसिया रहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस् ...  एटिएम ह्याक प्रकरण :चोरी गरेको रकम असुलीबारे राष्ट्र बैंकलगायत सबै सरोकारवाला मौन

गत कार्तिक ६ मा विन्दवासिनी–५ मा आयोजित गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा दुईपक्षबीच झड्प हुँदा अशेसरले हानेको बाँसको भाटाले लागेपछि मुकेश ढलेको भिडियो सार्वजनिक भएको थियो ।

उपचारको क्रममा कात्तिक ७ मा वीरगञ्ज स्थित न्यूरो अस्पतालमा मुकेशले ज्यान गुमाएका थिए ।

यो पनि पढ्नुहोस् ...  म्याग्दी पहिरो अपडेट : मृत्यु हुनेको संख्या १७ पुग्यो, ३ घाइतेको उद्धार

हत्यामा संलग्न चारजनालाई पक्राउ गरेको पर्साकी एसपी गंगा पन्तले जानकारी दिइन् ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार