७ मंसिर २०७७, आईतवार

एनआरएनए फेरि विवादमा, मध्यपूर्व संयोजक गुरुङले नै गरे महिला कामदारको शोषण !

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ७ मंसिर २०७७, आईतवार समाचार
1.9kViews
1042 Shares

दोहा । गैर आवासीय नेपाली संघ (एनआरएनए) एकपटक पुनः विवादमा तानिएको छ ।

कोभिड–१९ (कोरोना भाइरस)महामारीमा विश्वभरिका प्रवासी नेपालीहरुलाई आवश्यक राहत र उद्धार गरेर प्रशंसा कमाएको एनआरएनका मध्यपूर्व संयोजक प्रविण गुरुङले महिला कामदारहरुको शोषण गरेको भन्दै विवादमा तानिएको हो ।

संयोजक प्रविण गुरुङद्धारा कतारको दोहामा संचालित एसियाना दोहोरीमा लोक गायिका र डान्सरका रुपमा काम गर्न गएका केही कलाकारहरु सना महर्जन, निरुता विश्वकर्मा र रेशमा राईले गुरुङ विरुद्ध श्रम शोषण र दुर्व्यवहारको आरोप लगाएसँगै गुरुङलाई नैतिक संकट परेकोछ ।

केही दिन पहिले बसेको सचिवालय बैठकले गुरुङलाई राजिनामा दिन सुझाव दिएको बुझिएको छ ।

मुद्दा किनारा नलाग्दा सम्मको लागि आइसिसी पदाधिकारीहरुले मध्यपुर्व संयोजक प्रविण गुरुङले राजिनामा दिएर छानविनमा सहयोग गर्न आग्रह गर्दा अटेर गरिएको बुझिएको छ । अर्कोतिर महिला कामदारहरुको हक र अधिकारका बिषयमा चर्को स्वर उठाउने महिला उपाध्यक्ष रुबिना थापा, महिला संयोजक भोमा साँवा लिम्बू र यासमिन बेगमहरुले गुरुङलाई नै प्रशय दिँदै मौन समर्थन भएको भन्दै प्रश्न उठेको छ ।

यो पनि पढ्नुहोस् ...  ओखलढुङ्गाको खिजीक्षेत्रका बासिन्दालाई सदरमुकाम पुग्न तीन जिल्ला घुम्नुपर्ने बाध्यता

महिलाहरुले आफ्नो पीडा व्यक्त गर्दापनि केही बोल्नुको सट्टा प्रविण गुरुङलाई मौन समर्थन दिंदा मध्यपुर्वमा एनआरएनए अभियानकर्ताहरु अचम्मित भएका छन । महिला कामदारहरु शोषित हुँदा एनआरएनएका महिला नेत्रीहरु नै किन मौन छन ? भन्ने प्रश्न चौतर्फी उठेको छ ।

पीडित महिलाहरुले गुरुङले आफुहरुलाई शोषण गरेका आरोप लगाएका छन् । उनीहरु २ हप्ता पहिले नेपाल फर्कने क्रममा हमाद अन्तरास्ट्रिय एयरपोर्टबाट पक्राउ परेका थिए । गुरुङले स्वय पनि आफ्नो रेस्टुरेन्ट म्यानेजरले झुट्टा मुद्दा लगाएर पक्राउ गरेको स्विकार गरेका छन् । उनीहरुलाई नेपाली दुतावासले उद्दार गरी नेपाल पठाईएको थियो ।

यो पनि पढ्नुहोस् ...  सी जिनफिङको भ्रमण समीक्षा गर्न नेकपाको केन्द्रीय सचिवालय बैठक बस्दै,

महामारीको बेलामा उद्धार गर्नपर्ने जिम्मेवारी बोकेका सम्बन्धित निकायबाट नै अनेपक्षित प्रकारको व्यवहार भएको भन्दै्र प्रश्न उठ्न थालेका छन ।

‘आफ्नै कम्पनीमा कार्यरत कामदारहरुको श्रम शोषण गर्नेले अन्य कामदारहरुको उद्दार गर्‍यो भन्नु हाँस्यस्पद हुन्छ, एनआरएनए कतारका एक सदस्यले भने, ‘यो घट्नाले हामीलाई दुखी मात्र हैन, लज्जित पनि बनाएको छ । उहाँले राजिनामा दिएर छानबिनको लागि बाटो खोलिदिनु पर्छ ।’

स्रोतका अनुसार घटना बाहिर आएपछि एनआरएनए आईसीसीमा उनले रजिनामा दिनुपर्ने माग उठेको छ । तर, गुरुङले राजिनामा नदिने निर्णय गरेका छन् । यसअघि सचिवालय बैठकमा गुरुङले आफुलाई यसबारे सोच्न एक हप्ताको समय माग गरेका थिए । अहिले आएर उनी राजीनामा नदिने निर्णयमा पुगेको दाबी स्रोतले उज्यालो नेटवर्कसँग गरेको छ ।

यो पनि पढ्नुहोस् ...  कोरोना महामारीबिच फौजी किरा आतंक, किसान चिन्तित

उनले आफुले शोषण पनि नगरेको र पक्राउ गर्न मुद्दा नलगाएको दाबी गरेका छन् । ‘मैले शोषण गरेको छैन र पक्राउ पनि गराएको छैन, मेरो मेनेजरले उनिहरु संपर्क बिहिन भएको उजुरी गरेको हो’ उनले भने । आँफैसँग भएका कामदारहरुलाई संपर्क बिहिन भएको भन्दै किन उजुरी गरियो भन्ने बारे उनी मौन छन् ।

गुरुङले राजनतिक लबिङ गरेर जोगिन खोजेको बताईएको छ । उता पीडित कामदारहरुले गुरुङलाई कारबाही गर्न माग गरेका छन् ।

एनआरएनए आईसीसीको आज बस्ने सचिवनलयको बैठकले महिला कामदारहरुको शोषण गरेको आरोप लागेका सँयोजक गुरुङको बिषयमा ठोस निर्णय गर्ने बताईएको छ । गुरुङले आँफै राजिनामा नदिए सचिवालयले निलम्बन गर्ने निर्णय गर्ने स्रोतको दाबी छ ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार