७ मंसिर २०७७, आईतवार

पढाइ नभएको समयको शुल्क लिइएकामा जनमोर्चाको आपत्ति

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ७ मंसिर २०७७, आईतवार समाचार
2.2kViews
1123 Shares

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले विद्यालय सञ्चालन र पढाइसमेत नभएका अवस्थामा केही निजी विद्यालयमा विद्यार्थीबाट शुल्क असूल गरिने अभिभावकमाथिको लुट भएको जनाएको छ । सो पार्टीका प्रवक्ता दुर्गा पौडेलले आज विज्ञप्ति जारी गरी पढाइ नभएको पैसा असूल गर्ने विद्यालयलाई कारवाही गर्न माग गर्नुभएको हो । पार्टीले सरकारले कोभिड सङ्क्रमणको परिस्थिति हेरेर विद्यालय सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्ने जिम्मा स्थानीय तहलाई दिएकामा भने समर्थन गरेको छ ।

यो पनि पढ्नुहोस् ...  सरकारले बहुमतको आडमा मुलुकलाई कम्युनिस्टकरण गर्न थाले : नेता पौडेल

विज्ञप्तिमा राष्ट्रिय बालअधिकार परिषद्ले बालिकामाथि भएका बलात्कार र बालबालिकामाथिका यौनजन्य हिंसाबारे सार्वजनिक गरेको प्रतिवेदनमा बालिकामाथि बलात्कारका घटना विकराल बन्दै गएको देखिएको उल्लेख गरिएको छ । उक्त प्रतिवेदनमा आर्थिक वर्ष २०७६–७७ मा एक हजार ३९३ बालिका बलात्कारबाट पीडित भएको देखिएको छ । त्यसमध्ये २५ बालिका सामूहिक बलात्कारको शिकार भएका छन् । दश वर्षमुनिका २७२ बालिका बलात्कार पीडित रहेको देखिएको छ । प्रतिवेदनमा पाँच बालकसमेत यौनहिंसामा परेको सार्वजनिक गरिएको थियो ।

यो पनि पढ्नुहोस् ...  पेट्रोलिय पदार्थको मूल्य घट्यो,खाना पकाउने ग्यासको भने मुल्य वृद्धि

बालबालिकामाथि हुने हिंसा, बलात्कार, यौन तथा श्रम शोषणका घटना हुन नदिन र दोषीलाई कारबाही गर्न पनि पार्टीले माग गरेको छ ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार