७ मंसिर २०७७, आईतवार

चन्दका जिल्ला नेता बनेपाबाट पक्राउ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ७ मंसिर २०७७, आईतवार ३ नं. प्रदेश
2.3kViews
1735 Shares

काभ्रे । नेत्रविक्रम चन्द समूहका जिल्ला नेता बुद्धलाल लामांलाई काभ्रेपलाञ्चोक प्रहरीले आज साँझ गिरफ्तार गरेको छ । रोशी गाउँपालिका–६ निवासी लामालाई प्रहरीले अपराह्न बनेपामा भएको सूचनाका आधारमा खोजतलासका क्रममा साँझ पक्राउ गरेको हो ।

यो पनि पढ्नुहोस् ...  राजाराम गाैतमकाे नेतृत्वमा "याेगदान राष्ट्रकाे लागी" काभ्रे शाखा गठन

समूहका जिल्ला सदस्य २७ वर्षीय लामालाई हिरासतमा राखिएको तथा सोमबार म्याद थप गरी थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक रविकुमार पौडेलले जानकारी दिनुभयो । । यसअघि गत कात्तिक २६ गते चन्द नेतृत्वकै अर्का जिल्ला सदस्य मधुसूदन बजगाईंलाई जिल्लास्थित व्यापारी–उद्योगीलाई फोनमार्फत धाकधम्की दिई जर्बजस्ती चन्दा असुल्ने गरेको सूचनाका आधारमा काभ्रेपलाञ्चोक प्रहरीले पक्रेको थियो ।

यो पनि पढ्नुहोस् ...  बोनम्यारो पीडित मदनलाई कोरियामा बस्ने नेपालीहरुको सहयोग

सन्ताउन्न वर्षीय बजगाईँलाई प्रहरीले मुलुकी अपराध, २०७४ को परिच्छेद–५ सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्ध कसूरअन्तर्गत दफा ११८ अभद्र व्यवहार गर्न नहुने कसूर शीर्षकमा मुद्दा दर्ता गरेको छ । लामालाई पनि सोही प्रकृतिको मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस् ...  ब्रुमर सञ्चालन गरेको पाँच महीना पुग्यो,फेरिएन काठमाडौँको सडक

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार