७ मंसिर २०७७, आईतवार

पाकिस्तानमा कोरोनाको दोस्रो लहरपछि सावधानी अपनाउन प्रधानमन्त्रीको आग्रह

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ७ मंसिर २०७७, आईतवार विश्व
1.9kViews
1423 Shares

इस्लामावाद । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कोभिड–१९ को सङ्क्रमणको दोस्रो लहरसँगै महामारीबाट बच्न आवश्यक सावधानी अपनाउन आइतबार आग्रह गरेका छन ।

उनले सरकारी अधिकारी, पाकिस्तानी जनता र विपक्षी दलहरूलाई पनि महामारीबाट बच्न सामाजिक दूरी कायम गर्ने र सङ्क्रामक रोगबाट अपनाउनुपर्ने अन्य स्वास्थ्यका उपायलाई पालना गर्न आग्रह गरेका हुन ।

यो पनि पढ्नुहोस् ...  अमेरिकी राष्ट्रपति चुनावमा धांधली हुने ट्रम्पको आशंका

सरकारी तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा पाकिस्तानमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई हजार ६६५ रहेको छ भने ५९ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ ।

पाकिस्तानमा कोभिड–१९ सङ्क्रमित सात हजार ६६२ पुगेको छ भने अझै ३६ हजार ६८३ व्यक्तिले देशभरका विभिन्न अस्पतालमा उपचार गरिरहेका छन् । पाकिस्तानमा अहिलेसम्म कूल तीन लाख ७४ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।

यो पनि पढ्नुहोस् ...  हवाइ कारबाहीमा परी १० जना तालिबान मारिए

“पाकिस्तानमा कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण विगत १५ दिनदेखि चासोको विषय बनेको छ,” प्रधानमन्त्री खानले आफ्नो ट्वीटर पेजमा उल्लेख गरेका छन ।

उनले भने “विश्वका धेरै मुलुकले दोस्रो पटक सङ्क्रमण फैलिन थालेपछि पूर्ण तथा आंशिक लकडाउनको घोषणा गर्न बाध्य भएका छन् । यदि अहिलेकै तरिकाले सङ्क्रमण फैलिँदै जाने हो भने पाकिस्तानले पनि पूर्ण लकडाउन गर्न बाध्य हुनुपर्नेछ ।”

यो पनि पढ्नुहोस् ...  पाकिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८ पु¥यो, ४७६ जना घाइते

प्रधानमन्त्री खानले आफूले सामान्य अवस्थामा पुनः लकडाउन गर्न नचाहेको बताउँदै लकडाउनले देशको सुधारउन्मुख रहेको अर्थतन्त्रलाई पुनः प्रभावित बनाउने बताए ।

यसअघि उहाँले विपक्षी दलहरूलाई विरोधका लागि ठूला सभा र प्रदर्शन गर्दा सङ्क्रमण फैलिने चेतावनी दिँदै विरोधको उक्त शैलीलाई रोक्नसमेत आग्रह गरेका थिए ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार