७ मंसिर २०७७, आईतवार

तिलोत्तमामा ‘गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम’ सञ्चालन

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ७ मंसिर २०७७, आईतवार फोटो समाचार
2.9kViews
1056 Shares

                                                      गर्भ जाँच गराउँदा प्रत्येक पटक उपहार !

रबिन्द्र प्रताप गुप्ता,भैरहवा ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मातृशिशु स्वास्थ्य प्रवद्र्धनको लागि ‘गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम’ सञ्चालन गरेको छ । नगरपालिकाले गत वर्षबाट सुरु गरेको कार्यक्रमलाई थप प्रभावकारी बनाउन परिमार्जनसहित चालू आर्थिक वर्षमा निरन्तरता दिएको हो ।

परिमार्जित कार्यक्रम अनुसार गर्भावस्थामा नियमित चार पटक सरकारी स्वास्थ्य संस्थामा गर्भ जाँच गराउने महिलालाई विभिन्न ‘उपहार’ दिने व्यवस्था मिलाइएको छ । जसअनुसार गर्भवती महिलाले ४ महिनामा स्वास्थ्य जाँच गराउँदा सुपानेट झुलसहित सन्देशमुलक क्यालेण्डर, ६ महिनामा पोषण सेट, ८ महिनामा सरसफाई सेट र ९ महिनामा मसला सेट प्राप्त गर्नेछन् ।

यो पनि पढ्नुहोस् ...  ‘डा. केसीको माग पूरा नहुँदाको दुष्परिणाम प्रधानमन्त्री ओलीले भोग्नुपर्छ’

त्यस्तै नगरका बर्थिङ सेन्टरमा सुत्केरी सेवा लिने महिलाले शिशु–स्याहार सेट तथा संघीय सरकारले उपलब्ध गराउने यातायात रकमको अतिरिक्त थप एक हजार रुपैंयाँ प्रोत्साहन रकम प्राप्त गर्नेछन् । यस्तै नगरपालिकाले संघीय सरकारबाट प्राप्त हुने आइरन चक्कीसँगै आन्तरिक स्रोतबाट व्यवस्थापन गरेर गर्भवती महिलालाई निःशुल्क रुपमा क्यालसियम समेत दिने गरेको छ ।

गर्भावस्था विशेषावस्था भएकोले यो समयमा महिलालाई अतिरिक्त स्वास्थ्य सेवा, पोषण, स्याहार, सरसफाई आवश्यक हुनेहुँदा त्यसको सन्देश प्रवाहको लागि यो कार्यक्रम सुरु गरिएको नगर उप–प्रमुख जगेश्वरदेवी चौधरीले जानकारी दिइन् । यो कार्यक्रमले गर्भवती महिलाको स्वास्थ्यमा विशेष ख्याल राख्न सबैको ध्यानाकर्षण गराउने र त्यसबाट गर्भवती महिला र नवजात शिशुको स्वास्थ्य राम्रो हुने उनको विश्वास छ ।

यो पनि पढ्नुहोस् ...  सुरोत लामाद्वारा सङ्कलित रकम पुर्व माननीय तिर्थ लामाबाट हस्तान्तरण

कार्यक्रमको प्रभावकारी कार्यान्वयनले नियमित गर्भजाँच गराउन सरकारी स्वास्थ्य संस्थामा जाने महिलाको संख्यामा वृद्धि भइ मातृशिशु स्वास्थ्य प्रवद्र्धनमा टेवा मिल्ने उनले बताइन् । नगरपालिकामा वार्षिक तीन हजार महिलाले गर्भवती सेवा लिने अनुमान छ । यो कार्यक्रमले सरकारी स्वास्थ्य संस्थाप्रतिको आकर्षण बढाउने नगरपालिकाको भनाइ छ ।

तिलोत्तमा नगरपालिकाले ‘गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम’ कार्यक्रम नगरका सबै सरकारी स्वास्थ्य संस्थाबाट उपलब्ध हुने जनाएको छ । सबै वडामा कम्तिमा एउटा सरकारी स्वास्थ्य संस्था पु¥याउने नीतिअनुसार हाल तिलोत्तमाका १४ वडामा सरकारी स्वास्थ्य संस्था पुगेका छन् । गर्भवती महिलालाई पहिलो जाँचमा उपलब्ध गराइने सन्देशमुलक क्यालेण्डरमा खोप, आइरन चक्की, क्यालसियम चक्की, गर्भ जाँचलगायतका विषयमा रुजुसूचीको साथैं गर्भावस्थामा गर्नुपर्ने सावधानीको विषयमा जानकारी गराइएको छ । यो क्यालेण्डर गर्भवती महिलाको घरमा सबैले देख्ने गरी राख्न लगाइने स्वास्थ्य शाखाको भनाइ छ ।

यो पनि पढ्नुहोस् ...  शुष्माको असामयिक निधनप्रति प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

आइतबार मधवलिया स्वास्थ्य चौकीमा गर्भवती महिलाहरुलाई उपहार सेट प्रदान गरी कार्यक्रमको शुभारम्भ गरिएको छ । कार्यक्रममा नगरप्रमुख बासुदेव घिमिरेले स्वास्थ्य नैं मानिसको पहिलो धन भएकोले नागरिकको स्वास्थ्य सेवा प्रवद्र्धनको लागि यो कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । नगरभित्रका सरकारी स्वास्थ्य संस्थाहरुलाई प्रभावकारी बनाउँदै लगिएको बताउँदै उनले त्यसको लाभ उठाउन नगरबासीलाई आग्रह गरे ।

सरकारी स्वास्थ्य संस्थामा पनि गुणस्तरीय सेवा पाइन्छ भन्ने कुराको अनुभूति गर्नेगरी काम भइरहेको उनको भनाइ छ । त्यसअवसरमा नगर उपप्रमुख जगेश्वरदेवी चौधरी, वडाध्यक्ष झविलाल भुसाल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्मा, स्वास्थ्य शाखा संयोजक मोतीप्रसाद पौडेल, सिनियर अहेव अधिकृत गणेश गौतम, स्वास्थ्य चौकी ईञ्चार्ज रामेश्वर ढकाल लगायतले कार्यक्रमको महत्वको बारेमा प्रकाश पारेका थिए ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार