७ मंसिर २०७७, आईतवार

अब सिन्धुलीमा पनि पिसिआर परीक्षण ल्याब, मन्त्री दुलालद्वारा उद्घाटन

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ७ मंसिर २०७७, आईतवार समाचार
2.3kViews
1976 Shares

सिन्धुली । सिन्धुलीमा कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने पिसिआर प्रयोगशाला स्थापना भएको छ । ल्याबको आइतबार बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल शरदले उद्घाटन गरेका छन् ।

बागमती प्रदेश सरकारको करिब एक करोड २५ लाख र सिन्धुली अस्पतालको १५ लाख रुपैयाँ बराबरको लागतमा पीसीआर परीक्षण प्रयोगशाला स्थापना भएको हो ।

यो पनि पढ्नुहोस् ...  लोकसेवाको विज्ञापन तत्काल स्थगित गर्न राज्य व्यवस्था समितिको निर्देशन

यो सँगै अब सिन्धुलीमै कोरोना भाइरस संक्रमण परीक्षण गर्न सकिन्छ ।

कमलामाइ नगरपालिका –६ शिवनगरमा पीसीआर मेसिन जडान गरि पिसिआर प्रयोगशाला ल्याब सञ्चालनमा ल्याईएको छ । शनिबार बागमती प्रादेशिक प्रयोगशाला धुलिखेलका निर्देशक नारायण कार्की सहित ३ जनाको प्राविधिक टोलीले पिसिआर मेसिन जडान गरेर नमुना परीक्षण गरेका थिए ।

यो पनि पढ्नुहोस् ...  उपनिर्वाचनमा अन्तर्घात नभएको नेकपाको निश्कर्ष,उपनिर्वाचनको समीक्षा पठाउन निर्देशन

प्रयोगशालाको उद्घाटन गर्दै मन्त्री दुलालले कोरोना संक्रमणको संख्या बढ्दै जाने र जिल्लाबाट गएका स्याम्पलहरुको नतिजा आउन समय लाग्ने भएपछि सिन्धुली, हेटौंडा, काभ्रे र नुवाकोटमा प्रयोगशाला बनाएर अ िबढ्ने तयारी भएको जानकारी गराए । मेसिन ल्याउन ढिलाई भएको उल्लेख गर्दै बागमती प्रदेशवासी नागरिकको पीसीआर रिपोर्ट ढिलोमा २४ घन्टाभित्र दिने प्रतिवद्धताका साथ प्रदेश सरकारले काम गरेको बताए ।

यो पनि पढ्नुहोस् ...  मोबाइलमा कुरा गर्न घण्टौँ हिँडेर डाँडा र रुख चढ्नुपर्ने बाध्यता

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार