७ मंसिर २०७७, आईतवार

गौराती भीमेश्वरको मेला नहुने

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ७ मंसिर २०७७, आईतवार ३ नं. प्रदेश
2.6kViews
1047 Shares

सिन्धुपाल्चोक । प्रत्येक कार्तिक पूर्णिामाको दिन लाग्ने सिन्धुपाल्चोक जिल्लाकै ठूलो गौराती भीमेश्वरको मेला यस वर्ष नहुने भएको छ । कोभिड–१९ को महामारीलाई ध्यानमा राखी नित्य पूजाबाहेक भीडभाड हुन नदिने उद्देश्यले मेलामा रोक लगाइएको गौराती विकास समाजका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताएका छन ।

यो पनि पढ्नुहोस् ...  बस दुर्घट्नाका घाइतेलाई मन्त्री दुलाल आफैँ पुगेर हेलिकोप्टरमार्फत् काठमाडौँ ल्याइयो

सरकारी पूजासहित करीब पाँच हजार पशुपक्षीको बलि हुने उक्त मन्दिरमा कुनै बलि पूजा नहुने र पसल राख्नका लागि कक्ष नबनाउनसमेत जिल्ला प्रशासन कार्यालयबाट सर्वसाधारणलाई आग्रह गरिएको छ । सदरमुकाम चौताराबाट चार किलोमिटर उत्तरपश्चिममा रहेको गौरातीडाँडामा अवस्थित गौराती भीमेश्वरको मेला पूर्णिमाको दिन शुरु भई द्वितीयाका दिन समाप्त हुन्छ । चौताराको पुरानो बजारको गुठीघरबाट भीमसेनको मूर्ति रथमा राखी गुठीयारले पूर्णिमाको राति गौराती भीमेश्वरको मूर्तीसँग मिलन गराई भोलिपल्ट पुनः फिर्ता गरी गुठीयारका घरघरमा पूजा गरेपछि द्वितीयाका दिन सिन्दूरजात्रा सम्पन्न गरी साँझ गुठीघरमा थन्क्याइन्छ ।

यो पनि पढ्नुहोस् ...  सञ्चारमन्त्री बाँस्कोटा भन्छन्, ‘यो सरकार हुतिहारा, कायर र बोल्न नसक्नेहरुको होइन’

यस वर्ष भने स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई सवारीसाधनमा मूर्ति राखेर लाने र ल्याउने गरिने व्यवस्था मिलाइएको चौतारा सागाँचोकगढी नगरपालिका–५ का वडाध्यक्ष नरमान पालिखेले जानकारी दिए । प्राचीनकालमा पत्ता लागेको भीमेश्वरको मूर्ति त्यतिबेलादेखि नै पुजिँदै आएको विश्वास गरिए पनि प्रामाणिकरुपमा विसं १६४२ मा स्थानीयवासी दलबहादुर कुँवरले चढाएको ढलोटको घण्ट अद्यापि रहेकाले ४३५ वर्षभन्दा पहिलेदेखि नै त्यहाँ मन्दिर रहेको विश्वास गरिएको छ ।

यो पनि पढ्नुहोस् ...  चितवनमा १३ जिल्लाका ११६ सङ्क्रमितको मृत्यु

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार