७ मंसिर २०७७, आईतवार

बायर्न र वेर्डेर ब्रेमेन बराबरीमा रोकियो

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ७ मंसिर २०७७, आईतवार खेल
2.9kViews
1520 Shares

एजेन्सी – जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा रहेको बायर्न म्युनिख घरेलु मैदानमा वेर्डेर ब्रेमेनसँग बराबरीमा रोकिएको छ । बायर्न वेर्डेर ब्रेमेनसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

एलिएन्ज एरिनामा शनिबार राति भएको प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफको इन्ज्युरी समयमा म्याक्सिमिलियन एगेस्टिनको गोलबाट बायर्न पछि परेको थियो । उनले जोसुवा सार्गेन्टको पासलाई सदुपयोग गरेका थिए ।

त्यसअघि १६औं मिनेटमा मिलोट रासिकाको प्रहारलाई म्यानुयल नुयरले बचाए । रिवाउन्डमा केभिन मोवाल्डको प्रहारलाई नुयरले नै उत्कृष्ट बचाउ गरे । २४औं मिनेटमा लियोनार्दो बिटेनकोरको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा बायर्न अग्रता लिनबाट चुक्यो ।

यो पनि पढ्नुहोस् ...  'स्ट्राइकर टिमो वेर्नेर र अट्याकिङ मिडफिल्डर काइ हाभर्ट्ज महान खेलाडी'

३९औं मिनेटमा डगलस कोस्टा र रोबर्ट लेवान्डोस्कीको समन्वयमा किङ्सले कोमानको २० यार्ड टाढाको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । ४१औं मिनेटमा लेवान्डोस्कीको ब्याकहिल पासलाई जमल मुसियलाले सदुपयोग गर्न सकेनन् ।

५२औं मिनेटमा कोस्टाको प्रहार क्रसबारमा लाग्दा बायर्न बराबरीबाट चुक्यो । लगत्तै डेभिड अलाबाको पासमा किङ्सले कोमानको प्रहारलाई वेर्डेर ब्रेमेनका गोलरक्षक जिरी पाभेलेन्काले बचाउदै बायर्नको बराबरी टारे ।

यो पनि पढ्नुहोस् ...  एउटै खेलमा २३ गोल

६२औं मिनेटमा कोमानले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले लियोन गोरेट्ज्काको पासलाई गोलमा परिणत गरेका थिए । ६८औं मिनेटमा सर्जी जिनाब्रीको पासमा लेवान्डोस्की चुक्दा बायर्नले खेलमा अग्रता लिने अवसर गुमायो । ८१औं मिनेटमा लेवान्डोस्कीको हेडर पोस्टबाट बाहिरियो ।

८४औं मिनेटमा इरिक म्याक्सिम चुपो मोटिङको गोलको सुवर्ण अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । त्यसपछि थप गोल निस्कन नसक्दा खेल १–१ गोलको बरारीमा टुगिंयो । यो बराबरीसँगै बायर्न ८ खेलबाट १९ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमुन्ड र बायर लिभरकुसनको समान १८ अंक छ । ब्रेमेन ११ अंकसहित नवौं स्थानमा रहेको छ ।

यो पनि पढ्नुहोस् ...  युरोकप छनौट फुटबलमा टर्कीसँग फ्रान्स पराजित

अन्य नतिजा

एर्मेनिया बिलेफिल्डविरुद्ध लिभरकुसन (१–२), बोरुसिया मोन्चेनग्लाडवाकविरुद्ध अग्सवर्ग (१–१), साल्केविरुद्ध वल्फ्सवर्ग (०–२), होफेनहाइनविरुद्ध स्टुटगार्ट ९३–३०, फ्रान्कफर्टविरुद्ध आरबी लाइप्जिग ९१–१०, हर्था बर्लिनविरुद्ध बोरुसिया डर्टमुन्ड (२–५)

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार