७ मंसिर २०७७, आईतवार

प्रिमियर लिगः सिटीलाई हराउँदै टोटनहम हटस्पर्स शीर्ष स्थानमा

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ७ मंसिर २०७७, आईतवार खेल
1.7kViews
1354 Shares

एजेन्सी । म्यान्चेस्टर सिटीलाई पराजित गर्दै टोटनहम हटस्पर्स इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा स्पर्स २–० गोलअन्तरले विजयी बनेको हो ।

जोसे मोरिन्हो भर्सेस पेप ग्वार्डिओलाको रुपमा हेरिएको खेलमा स्पर्सले उत्कृष्ट रणनीतिक अनुशासन प्रदर्शन गर्दै सिटीलाई हराउन सफल रह्यो ।

खेलको पाँचौ मिनेटमा नै सन ह्युङ मिनले स्पर्सलाई अग्रता दिलाए भने दोस्रो हाफको ६५ औँ मिनेटमा जियोभानी लो सेल्सोले गोल गर्दै स्पर्सको जीत सुनिश्चित गरे । । पहिलो हाफमा भिडियो एसिस्टेन्ट रेफ्री भीएआर ले ग्याब्रियल जिसुसको गोललाई रद्द गरेको थियो ।

यो पनि पढ्नुहोस् ...  एपीएफ र हिमालयन शेर्पा क्लब १–१ गोलको बराबरीमा रोकियो

सन् २०१४ को अगस्तपछि टोटनह्यामले पहिलो पटक लिगको शीर्ष स्थानमा पुगेको हो । ९ खेलबाट टोटनह्यामको २० अंक रहेको छ । उता, सिटी भने ८ खेलपछि १२ अंकसहित लिगको ११ औँ स्थानमा सिमित रहेको छ । सन् २००८–०९ सिजनपछि सिटीको यो सबैभन्दा खराब शुरुवात हो ।

यो पनि पढ्नुहोस् ...  पोल्याण्डलाई हराएपनि नेदरल्याण्ड्स बाहिरियो, इटाली नेशन्स लिगको फाइनलमा

 

उता, न्युक्यासललाई २–० गोलले पराजित गर्दै चेल्सी लिगको दोस्रो स्थानमा उक्लिएको छ । चेल्सीको जीतमा फेडेरिको फर्नान्डेजले आत्मघाती गोल गरे भने ट्यामी एब्राहमले अर्को गोल थपे । योसँगै चेल्सीले सबै प्रतियोगितामा लगातार पाँच खेलमा हासिल गर्न सफल भएको छ ।

यो पनि पढ्नुहोस् ...  १३ औँ दक्षिण एसियाली खेलकुद : हालसम्म कसको स्वर्ण पदक कति ? (सुचीसहित)

 

शनिबार नै भएको अन्य खेलमा म्यान्चेस्टर युनाइटेडले वेस्टब्रोम आल्बियोनलाई हरायो । खेलको दोस्रो हाफमा ब्रुनो फर्नान्डेजले पेनाल्टीबाट गोल गर्दै युनाइटेडलाई जीत दिलाए । यो सिजन आफ्नो घरेलु मैदान ओल्ड ट्राफोडमा युनाइटेड पहिलो पटक विजयी बनेको हो । जीतपछि युनाइटेड आठ खेलबाट १३ अंक बटुल्दै लिगको नवौँ स्थानमा रहेको छ ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार